८ कार्तिक २०८३, शनिबार

 

बागलुङका प्रजिअ तिवारीको २ महिनामै सरुवा, जिल्लामा को आउने ? निर्णय भएन

बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको झापा सरुवा भएको छ । नेपाल सरकार गृहमन्त्रालयले विहिबार ३१ जिल्लाका प्रजिअको सरुवा गर्दा बागलुङका तिवारी पनि परेका हुन् ।

बागलुङमा को आउने भन्ने बारेमा कुनै निर्णय भएको छैन् । ३१ जनाको सरुवा सुचिमा बागलुङमा आउने प्रजिअको नाम परेको छैन तर यहाँका प्रजिअ तिवारीको काजमा जिल्ला प्रशासन कार्यालय झापा सरुवा भएको उल्लेख छ । बागलुङमा प्रजिअ पठाउने विषयमा गृह मन्त्रालयले फेरी अर्को निर्णय गर्ला ।

स्याङ्जा घर भएका तिवारीको गत जेठ ९ गते गृह मन्त्रालयबाट बागलुङको प्रजिअका रुपमा काज सरुवा भएको थियो । उनको स्थायी दरबन्दी भने अहिले पनि गृहमन्त्रालयमै छ । तिवारी जेठ २४ गते जिप्रका बागलुङमा हाँजिर भएका थिए । उनी बागलुङ आएको दुई महिनामै फेरी झापा सरुवा भएको हो ।

प्रजिअ तिवारीले पनि आफ्नो झापा सरुवा भएको पुष्टि गरे । बागलुङमा को आउने भन्ने बारे आफुलाई पनि केहि थाहा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung