१ जेष्ठ २०८२, बिहीबार

 

दोस्रो तीज महोत्सको तयारी अन्तिम चरणमा, उद्घाटनमा युवा नेता गगन थापा आउने

भदौ पहिलो साता बागलुङ बजारमा हुने दोस्रो तीज महोत्सवको तयारी अन्तिम चारण पुगेको छ । नारीहरुको चाडा हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रम भदौ १ गतेदेखि ३ गतेसम्म लोकतान्त्रिक चोकमा हुँदैछ ।

बागलुङ उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यामी विकास समितिले दोस्रो पटक कार्यक्रम गर्न लागेको हो । बिहिबार उद्योग बाणिज्य संघको हलमा पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी बारे जानकारी गराईएको हो ।

महोत्सबमा २० वटा व्यपारिक स्टल रहने महिला उद्यामी समितिका संयोजक भगवती केसीले जानकारी दिईन् । उनले अहिलेसम्म १५ स्टल बुकिङ भईसकेको जानकारी दिईन् । स्टलमा स्थानीय उत्पादकका सामग्री, ढाकाबाट बनेका सामान, स्थानीय खानाका परिकार, खिर, सेलरोटी आदी राखिने छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । तीजको मौलिक संस्कृतिलाई जोगाउँदै चाड मनाउन प्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिने छ ।

महोत्सवमा तीज गीत प्रतियोगिता, खुला नृत्य, बक्तृत्वकला, महिला स्कुटी रेस प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
महोत्सवमा राधिका हमाल, पशुपती शर्मा, विमलराज क्षेत्री, प्रकाश सपुत, फुलकुमारी केसी, जुना श्रीस, तेजस रेग्मी, लगातका कलाकारको प्रस्तुति रहने छ ।

कार्यक्रमको उद्घाटन नेपाली काँग्रसका युवा नेता तथा पुर्वस्वास्थ्य मन्त्री गगन थापाले गर्ने तय भएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । कार्यक्रम महिला उद्ममी बिकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता र सचिव अम्बिका बस्नेतलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung