४ श्रावण २०८३, सोमबार

 

ढोरपाटन नगरलाई सात दलको अर्को ध्यानाकर्षण, करको दर समेत आँफै तय गरेर बुझाए

ढोरपाटन नागरपालीकाले नगरक्षेत्रमा यस आर्थिक बर्षमा लगाईएको करको दायराको बिषयमा ध्यानाकर्षण गराउँदा समेत चासो नदिएको भन्दै सात राजनैतिक दलले बिहिबार पुन नगरपालीका कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगरपालीकाले लगाएको करको दायरा अब्यबहारीक भएको भन्दै यहाँस्थित सात राजनैतिक दलले गत साउन १० गते बुझाएको ज्ञापन पत्र नगरपालीकाले सुनुवाई नगरेको भन्दै बिकल्प सहितको खाका सहित नगरपालीका कार्यलयमा ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामीले करको दायरा संसोधनका लागि दिईएको निवेदन १५ दिन पुगिसक्दा समेत नगरकापलीकाले कुनै चासो नदेखाई हाम्रा मागलाई बेवास्ता गरीएका कारण हामी आफैले समय सान्दर्भिक करको दायरा बिकल्प सहित प्रस्तुत गरेका छौँ, अबपनी यसबिषयलाई संसोधन र ध्यानकेन्द्रित नगरेमा सशक्त आन्दोलनमा जानुको विकल्प छैन ।’

नेपाली काँग्रेसका ढोरपाटन नगर संयोजक सालीकराम शर्मा, नेकपा माओबादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरीश्वपर पाण्डे, नेकपा क्रान्तीकारी माओबादि बागलुङ, म्याग्दी ईन्चार्ज निलबहादुर पुन, नेपाल कम्युष्ट पार्टी ढोरपाटन नगर प्रमुख हरी बहादुर कुवँर, राष्ट्रिय प्रजातन्त्र पार्टी ढोरपाटन नगर अध्यक्ष निमबहादुर भण्डारी, नयाँ शक्ति पार्टी ढोरपाटन नगर अध्यक्ष टेकबहादुर कुवँरको हस्ताक्षेरित ध्यानाकर्षण पत्र ढोरपाटन नगरपालीका कार्यकारी अधिकृत रामप्रसाद आर्चायलाई बुझाईएको हो ।

नगरपालीका प्रमुख र उपप्रमुखको विहिबार कार्यालय नआएका कारण वडा नम्बर–१ अध्यक्ष चित्र भण्डारी सहित, कार्यकारी अधिकृतलाई पत्र बुझाउँदै तत्काल मागको सुनुवाई गर्नका निम्ती ध्यानाकर्षण गराईएको बताईएको छ । दलहरुले बिभिन्न क्षेत्रमा लगाईएको करको दायरालाई आफै बिकल्प सहितको खाका समेत बुझाएका छन् ।

यस्तो छ उनीहरुले तय गरेको करको दर

नगरपालीकाले बजार क्षेत्र र मध्यपहाडी लोकमार्गले छोएको क्षेत्र खप्तरीबाङ, भब्रेटा, सेरा, टारीखेत, कुत्थाप्ला, बुर्तिबाङ दुले, ठाडाखेत, बगरसम्म रहेका पक्कि पिल्लर वाला घरलाई बार्षीक दुई तलासम्म १ हजार पाँच सय र सो भन्दा बढि तला भएमा स्क्वायर फुटको माध्यमबाट बढाईनु पर्ने यस क्षेत्रमा कच्चि घरलाई एक हजार र झुपडिको पाँच सय कायम हुनुपर्ने, सालझण्डी ढोरपाटन सडक र बुर्तिबाङ, बोङगादोभान खुँगा सडकखण्डमा पर्ने पक्किघरको एक हजार, कच्चि चार सय र झुपडिको पचास रुपैया हुनुपर्ने नगरपालीका  भित्रै सो अन्य गा्रमिण क्षेत्रमा पक्किघरलाई पाँच सय, कच्चि तिनसय र झुपडिको पचास रुपैया हुनुपर्ने संसोधित खाकामा पेश गरीएको हो ।

त्यस्तै जग्गा कर, व्यवसायीक कर, खुद्रा ब्यापार, सवारी, ब्यबसायिक, बित्तिय सँस्या, बिज्ञापन करलाई आबस्यक सँसोधन सहितको खाका प्रस्तुत गरीएको हो । सबैभन्दा बढिमात्रामा घरदुरीकरलाई सँसोधन गनुपर्ने मागमा देखिएको छ । त्यस्तै निर्वाचन आयोगले थालेको फोटोसहितको मतदाता नामावली सँकलन कार्य नगरपालीका कार्यलयमा मात्र भएका कारण वडा नँ ४ को खुँगा, ५, ६, ७, ८ र ९ को अधिकारीचौर बोबाङमा समेत एक एक दिनभएपनी गाँउमै गएर नामावली सँकलन गर्ने ब्यबस्था मिलाउन आग्रह गरीएको छ ।

त्यस्तै दलहरुले बिभिन्न सुझाब समेत प्रस्तुत गरेका छन् जसमा दोहोरो कर प्रणाली खारेज हुनुपर्ने , फोहोर ब्यबस्थापन बैज्ञानीक हुनुपर्ने, बजेट कार्यान्यनको अनुगमनका लागि सर्वदलीय, सर्वपक्षिय प्राबिधिक टोली हुनुपर्ने,  सहकारीलाई कर लगाउन नहुने, पक्कि घरको कर दायरा स्क्वायर फुटको प्रणालीबाट सुरुवात गनुपर्ने, लगाएतका सुझाब समेत नगरपालीका कार्यालयमा बुझाईएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung