ताराखोला गाउँपालिकाको वडा नम्बर–४ लाई पुर्ण सरसफाईयुक्त वडा वनाउन अभियान सुरु भएको छ । बिहिबार वडा भेला गरेर भदौ महिनाभर तयारी असोजमा पुर्ण सरसफाई युक्त घोषणा गर्ने निर्णय भएको वडा अध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए ।
सवैघरमा पक्की शौचालय, सुधारिएको चुलो, भाँडा राख्ने चाङ, घर वरपर र समुदायको सरसफाई, फोहोर फाल्ने खाल्डोको व्यवस्थापन र प्रयोग जस्ता अभियान सुरु भएको उनले बताए ।
अभियान लाई प्रभावकारी रुपमा अघि बढाउन भदौ पहिरो साता वडाका सवै टोलमा बैठक र भेला गरेर टोल समिति गठन गरिने छ । यसरी गठन गरिएका टोल समितिले आफ्नो टोलमा सरसफाईको सवै कामको समन्वय गर्नेछन् ।
उनीहरुको कामालाई वडा स्तरबाट सहयोग, समन्वय र अनुगमन समेत गरिने अध्यक्ष खत्रीको भनाई छ । भेलामा वडाका जनप्रतिनिधि, पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना वासका प्रतिनिध, समाजिक परिचालक सहित वडावासी सहभागी थिए ।



















































































































































































































