८ कार्तिक २०८३, शनिबार

 

गल्कोटमा घरको गारो भत्किएउर पुरिदा २ को मृत्यु

गलकोट नगरपालिका वाड नम्बर ९ बडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ ।
हिजो राति करिब १२, १ बजेको समयमा घरको पछाडिपट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उहाँका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
घरमा नाति, हजुरबुबा बस्दै आईरहेका थिए । हिजो राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर फर्केका उहाँका आफन्त प्रदिप सुनारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung