३ श्रावण २०८३, आईतवार

 

बृहस्पति युवा क्लबले वार्षिकोत्सव मनाउदै

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर निसीखोला गाउँपालिका ४ मा रहेको बृहस्पति युवा क्लबले आफ्नो तेस्रो वार्षिकोत्सव भब्य रुपमा मनाउने भएको छ ।

हरेक वर्ष मनाउदै आएको यो पर्वको संरक्षण गर्न क्लबले महत्वपूर्ण भूमिका खेलेको छ । यस वर्ष क्लबले पुरुष भलिबल प्रतियोगिता, महिला तथा पुरुष छेलो, तिज गीत प्रतियोगिता लगाएतको मनोरञ्जनात्मक कार्यक्रको आयोजना गरेको क्लबका सदस्य मन प्रसाद आचार्यले जानकारी दिए ।

यो पर्वमा पहिले महिला पुरुष मिलेर नाचगान गर्ने, छेलो फाल्ने गरिन्थ्यो तर पछिल्लो समयमा अलि फरक किसिमले मनाईने गरिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung