तमानखोला गाँउपालीका वडा न ५ खुँखानी दोभान स्थित लिलाजँग छन्त्यालको घरमा आगलागि हुँदा घर पुर्ण रुपमा जलेर क्षेति हुुनुका साथै घरमा रहेको एकलाख २४ हजार नगद सहित अन्नपात , लत्ताकपडा भाँडाकुँडा सबैजलेर नस्ट भएको तमानखोला गाँउपालीका वडा नं ५ का अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।
एकान्तमा रहेको लिला जँगको दुई तले ढुंगाले छाएको घरमा स्थानीय तनदर हर्मेलले वार्षिक रुपमा भाडा तिरेर बस्दै आएका थिए ।
आगलागीको कारण भने नखुलेको वडा अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।
पीडित तनदर श्रीपालीको परिवारलाई स्थानीयले आर्थिक सहयोग गरेर अन्नपात किनीदिएको बताईएको छ । घटनाको बिषयमा बोङगादोभान प्रहरी र स्थानीय जनप्रतिनीधिले अनुगमन गरेका छन् ।



















































































































































































































