
साउन २० गते पहिरोका कारण परिवार गुमाएका घरमा पूर्ण एवम आंशिक क्षेति भएका निसिखोला गाँउपालिका वडा नं १ ,२ र ३ का १ सय १५ परिवारका नागरिकहरुलाई बुधबार र बिहिबार राहत बितरण गरीएको छ ।२५ गते १ नं वडाका ८० परिवारलाई र २६ गते २ नं वडा र ३ का पीडित परिवारलाई राहत हस्तान्तरण गरीएको छ ।
जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, प्लान नेपाल, सिवाईसि साकोस र गाजा डेपलपमेन्टद्धारा प्राप्त भएको राहत हस्तान्तरण गरीएको छ । गाँउपालिका प्रमुख तारानाथ पौडले, उपप्रमुख शोभा कार्की, वडा नं १ का अध्यक्ष ईन्द्र मल्ल, वडा नं २ का अध्यक्ष कुविर विक, बुर्तिबाङ
रेडक्रस उपसाखा प्रमुख मेशलाल शर्मा, गाँउपालिका कार्यकारी अधिकृत संजय अधिकारी लगाएतको टोलीद्धारा राहत हस्तान्तरण गरेको हो ।
बुधबार वडा नं १ मा एक मृतकको परीवार सहित घरमा पुर्ण र आंसिक क्षेति भएका ८० पीडित परिवारलाई राहत बितरण गरीएको हो । वडा नं २ र ३ मा २५ परीवार र वडा नं १ मा हिजो छुटेका १० परिवारलाई राहत हस्तान्तरण गरीएको थियो ।
जनप्रतिनीधिद्धारा वडा नं २ को बाहुनगाँउ, हुल्दि ,लेबाङमा र हर्पे क्षेत्रमा पुगि पहिरोले पुर्याएको क्षेतिको अवलोकन गरीएको हो । त्यस्तै सिवाईसि बचत तथा ऋण सहकारी सँस्थाका सदस्य मेसलाल शर्माद्धारा वडा नं १ र २ मा पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई प्रति मृतक दुई हजारका दरले नगद १० हजार रुपँैया राहत हस्तान्तरण गरे ।