३० बैशाख २०८२, मंगलवार

 

पाण्डबखानी सडकमा जोखिमपूर्ण यात्रा

मल्म पाण्डवखानी सडक खण्डको बिच बिचमा पहिरोले सडक अबरुद्ध हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता छ ।
सडकको माथिबाट साना ठूला पहिरो खस्दा सडक अबरुद्ध गरेको छ । सदरमुकाम बाग्लुङदेखि पाण्डबखानीसम्म ६६ किलोमिटर रहेको बाटोको मल्म र पाण्डबखानीको बिभिन्न स्थानहरुमा बाटो मर्मत भए पनि निरन्तर वर्षाले गर्दा बाटो बिग्रेको हुँदा यात्रा गर्दा कठिनाइ भएको छ ।
यातायात समितिहरुले सदरमुकामदेखि पाण्डबखानीको लागि निरन्तर जिप छुटाउने भने पनि अहिले सम्म नछुटाएको जन गुनासो छ । यात्रुहरुले जोखिमपूर्ण ढंगले पिकअपमा यात्रा गरिरहेको गलकोट नगरपालिका वडा नं १० का अध्यक्ष तिलक घर्ति मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung