स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापस हटियाले पहिरो प्रभावितका लागि राहत संकलन अभियान सुरु गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउपालिमा साउन २० गते गएको बाढि पहिरोका कारण घरबार बिहिन परिवारलाई राहत प्रदान गर्न अभियान सुरु गरिएको हो ।
गलकोटको हटिया बजारमा नगद तथा जिन्सि संकलन अभियान सुरु गरिएको स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापसका अध्यक्ष गुमानसिह भण्डारीले बताए । अभियानको पहिलो दिन मंगलबार हटियाको गणतन्त्र चोकदेखि जिपपार्कसम्म करिब ५ हजार बढि आर्थिक र केहि लत्ताकपडा संकलन भएको राहत संकलन अभियानका सदस्य अर्जुन खत्रीले बताए ।
विपद जतिबेला, जो कसैलाई पनि पर्न सक्ने भन्दै आजदेखि अभियान सुरु गरिएको सदस्य दिपक मल्लले बताउनुभयो । राहत संकलन अभियान केहि दिनसम्म सञ्चालन गर्ने र तत्कालै प्रभावित क्षेत्रमा गई क्षतिको प्रकृति हेरी राहत वितरण गर्ने सदस्य पृथ्वी सुवेदीले बताए ।
बाढी पहिरोका कारण निसीखोला गाउपालिका वडा नम्बर–१, ३ वाडका बासिन्दाहरु प्रभाबित भएको गाउपालिकाका प्रमुख तारानाथ पौड्यालले बताए । पौड्यालका अनुसार प्रभाबित परिवारलाई प्रहरीको मुजुल्काका आधारमा राहत बितरण गर्ने गरिएको छ ।



















































































































































































































