
नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) बागलुङ शाखाले कृष्ण जन्माष्टमी महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । विगतका वर्षमा जस्तै यस बर्ष पनि संघले भजन, कृतन, हाँजिरीजवाफ, सांस्कृतिक कार्यक्रमको आयोजना गरी जन्माष्टमी महोत्सव मनाएको हो ।
जन्माष्टमी पर्वको अवसरमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला अदालत बागलुङका मुख्य न्यायाधिश हिमलाल बेलबासेले धर्मलाई अबलम्बन गरी सत्यको बाटो हिड्नुपर्ने बताए । उनले विज्ञानले पनि भगवान मान्ने भएकाले सहि र सामाजिक कार्य गर्नका लागि पनि धर्मले सहयोग पु¥याएको बताए ।
सामाजिक कार्यहरुको माध्यमबाट विकासका लागि सहयोग गर्ने उद्देश्यले वर्षेनी संस्थाले विश्वभरका मन्दिर तथा केन्द्रमा विभिन्न वैदिक उत्सव मनाउदैँ आइरहेको छ । कार्यक्रममा १० हजार भन्दा बढि दर्शनार्थीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष तर्फबाट फाईदा पुगेको बताइएको छ । बालमन्दिर प्रावि परिसरमा गरिएको कार्यक्रममा विद्यालय स्तरीय आध्यात्मिक हाजिरी जवाफ प्रतियोगिता, हरिसंकृर्तन, मुल समारोह तथा पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुतीहरु, प्रवचन गरिएको छ ।
यस्तै मंगलबार राती १२ बजे सम्म श्रीकृष्ण जन्म लिला नाटक संगै महाअभिषेक तथा दीपदान गरिएको थियो । जन्माष्टमीको दिन दिनैभर प्रसाद वितरण सेवा गरिएको इस्कोन बागलुङका उपाध्यक्ष अच्युत दासले जानकारी दिए ।
हाजिरीजवाफ प्रतियोगितामा सिदार्थ शिक्षा सदन प्रथम, रुद्रेपिपल माध्यामिक विद्यालय द्धितिय र फ्युचर ब्राईटर उमावि तृतीय भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई संघले पुरस्कृत गरेको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, समाजसेवी देबबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम इस्कोन बागलुङका उपाध्यक्ष परमेश्वर अच्युत दासको अध्यक्षता, बिष्णु काफ्लेको स्वागत मन्तव्य र सरिता भण्डारी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।