गलकोट सेवा समाजबा गलुङको नयाँ कार्य समिति गठन भएको छ । समाज स्थापना भएको ९ बर्षपछि भएको तेस्रो अधिवेशनले नेत्र न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष राजबहादुर थापा, सचिव हरिलाल सुवेदी, सहसचिव लक्ष्मण थापा र कोषाध्यक्ष यमकली राना रहेका छन् ।
उमेश गौतम, दलबहादुर थापा, रत्ना भण्डारी, पुर्णबहादुर खड्का, कविता वस्नेत, कृष्ण खड्का र जगत विक सदस्य रहेका छन् । एक सदस्य पछि थपिने जनाईएको छ ।
अधिवेशन उद्घाटन गर्दै ज्येष्ठ नागरिक नारायणदत्त रेग्मीले समाजसेवा सवैभन्दा महत्वपुर्ण मानविय सोच भएको बताए ।
उनले गलकोट महत्वपुर्ण ऐतिहाँसिक भुगोल रहेको भन्दै गलकोटको भावनालाई जिवित राख्न समाजको योगदान प्रशंसनिय रहेको बताए ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर दिनबहादुर थापा, समाजका सल्लाहकार धु्रवराजगौगम, बागलुङ गलकोट सहकारीका कोषाध्यक्ष भक्तिराम न्यौपाने, नेपाली काँग्रेसका उमेश गौतम, नेकपा एमालेकी रत्ना भण्डारी, नेकपा माओवादी केन्द्रकी ललिता थापा र नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम राकाले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष नेत्र न्यौपाने
अध्यक्ष होमबहादुर थापाले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा काठमाण्डौ घुम्टे लेक साईकलयात्रा, वनभोज अविरल एकल साँझ, राज्यपुनर्संरचनामा सिङ्गो बागलुङ प्रदेश नम्बर–४ आन्दोलन लगायतका कार्यमा समाजले अगुवाई गरेको उल्लेख थियो ।
कोषाध्यक्ष यामकला रानाले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
कार्यक्रम गलकोट सेवा समाज बागलुङका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षता, सदस्य नेत्र न्यौपानेको स्वागत र हरि सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































