३० बैशाख २०८२, मंगलवार

 

लायन्स क्लवले बाढी पहिरो प्रभावितलाई २० हजार सहायत जुटाए

बागलुङका लायन्स क्लवले बाढि पहिरो प्रभावितका लागि सहायता रकम जुटाएका छन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ ले सञ्चालन गरेको बाढी प्रभावितलाई सहायता अभियान अन्तरगत जिल्लामा रहेका लायन्स क्लबहरुले ऐक्यवद्धता जनाउँदै सहयोग गरेका हुन् ।

चार वटा लायन्स क्लबहरुले प्रति क्लब पाँच हजारका दरले चन्दा रकम संकलन गरी डिस्ट्रीक एडभाईजर काजीमान गुरुङलाई एकमुष्ट २० हजार हस्तान्तरण गरेका छन् । यो सहायता रकम लायन्स क्लवको केन्द्रमा पठाउने गरि जुटाईएको हो ।

लायन्स क्लब अफ धौलागिरी बागलुङ, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफबागलुङ सिटी, लायन्स क्लब अफ बागलुङका अध्यक्ष एवं पदाधिकारीहरुले सो रकम हस्तान्तरण गरेका हुन् ।

बागलुङमा बाढी पहिरोले आधा दर्जन बढीले ज्यान गुमाएका छन् । कैयुँ घरबारविहिन भएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् ।

यो घटनाप्रति लायन्स क्लबहरुले गहिरो दुःखव्यक्त गर्दै डिस्ट्रीकलाई सहयोगको लागि अनुरोध गरेका लायन्स क्लबका जोन चेयर पर्सन नरेश कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung