२९ बैशाख २०८२, सोमबार

 

‘यसरी नै भारतले नेपालीलाई डुबाई रहे जनताले नै बाँधमा बम हान्छन्’ : नेता बुढा

नेपाल कम्यनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपालको तराई क्षेत्रमा बाढी पहिरोले पु¥याएको क्षेतीमा भारतीय पक्षबाट बनाईएका बाँध कारक रहेको बताएका छन् ।

उनले बुधबार क्रान्तिकारी पत्रकार संगठन धौलागिरी व्युरोले बागलुङमा गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

‘विप्लव नेतृत्वको नेकपाले कोशी व्यारेजमा बम हान्ने हल्ला चलेको छ नी ?’, भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘अहिले नै बम हान्ने भन्ने त होईन तर यसरी नै नेपालको भुभाग र नेपालीलाई डुबाईराख्ने हो भने बम हानिन्न भन्न पनि सकिन्न ।’

 

नेकपाका पश्चिम कमाण्ड ईञ्चार्ज समेत रहेका बुढाले भारतीय पक्षको यस्तै हर्कत जारी हरे र अब पनि नसच्चिए नेपाली जनताले नै बम पड्काउने दाबि गरे ।

उनले पुँजीवाजी व्यवस्था तथा स्थानीय निर्वाचनको खारेज गर्नुपर्ने बताए । नेपालमा एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद प्राप्तीको बाटोमा आफ्नो पार्टी रहेको बताए ।

अहिलेको राज्य व्यवस्था प्रतिगामी पुँजीवादी भएको बताउँदै नेता मगरले सरकारले आफुहरुलाई सामान्य सभा, जुलुस गर्न तथा पोष्टर टाँस्न समेत नदिएर कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो ? भन्दै प्रश्न समेत गरे ।

फोटो मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung