८ कार्तिक २०८३, शनिबार

 

बर्षाले घर भत्कियो

अबिरल बर्षाको कारण बागलुङ सदरमुकाममा घर भत्केको छ । बागलुङ नगरपालिका–२ रुद्रेपिपल स्थित बिद्यालक्ष्मी शाक्यको घर बर्षाको कारण पुर्ण रुपमा भत्केको छ । शाक्यको घर भत्किदा आडैमा जोडिएको उनका छोरा दुर्गाकाजी शाक्यको घरमा समेत क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुबै शाक्यको घर बस्न नसक्ने गरि पुर्ण रुपमा भत्किएको प्रहरीले जनाएको छ । घर भत्किएपनि मानवीय क्षेती भने नभएको प्रहरी नायब उपरिक्षक अनिल कुमार खडकाले जानकारी दिए । २०७२ सालमा आएको भुकम्पले चर्कीएको घर अहिले बर्षाको कारण पुर्ण रुपमा भत्किएको छ । घर भत्केपछि घरधनीहरु आफन्तकोमा र डेरागरी बस्नेलाई कर्भडहलमा बस्ने व्यवस्था मिलाइएको छ । घर भत्किन लागेपछि प्रहरी र स्थानीयको सहयोगमा सामानहरु झिक्न लागिएको थियो,शाक्यले भनिन्,लगत्तै घर डयाम्मै ढल्यो हामी सबै हेरेको हेरै भयौ ।
भत्किएका घरलाई प्रहरी र स्थानीयहरुले अहिले पन्छयाउने काम भईरहेको छ । दुई तले कच्ची घर भत्कियसँगै लाखै रुपैयाँ बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung