८ कार्तिक २०८३, शनिबार

 

देविस्थानको खाडुमा पहिरो, ११ घर विस्थापित

गाउँमाथिबाट पहिरो झरेपछि निसीखोलाको खाडुका ११ घर विस्थापित भएका छन् । निसीखोला गाउापालिका वडा नम्बर–१ साबिकको देविस्थान गाविसमा घटना भएको हो ।

अहिले स्थानीयले आफ्नो सामान निकाल्दै छन् । माथिबाट खसेको पहिरोले कतिपय घर भित्रै हिलो माटो र बाढी समेत पसेको छ । घर वरपर जलमग्न भएको छ ।

सवै ११ घर बस्न नमिल्ने भएपछि गाउँलेहरु विस्थापित भएका निसीखोला गाउापालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । पहिरो अहिले पनि झरिरहेको उनले बताएका छन् ।

 

डोजर लगाएर अबरोध हटाउँदै सामान निकाल्ने कार्य चलिरहेको उनको भनाई छ । घटना स्थलमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung