
चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले संस्थाका सदस्य मिना श्रेष्ठ र सुवास श्रेष्ठका हजुरआमा रत्नकुमारी श्रेष्ठको निधनप्रतिनि दु:ख व्यक्त गरेको छ ।
बगलुङ नगरपालिका–२ निवासी उनकोे ८९ बर्षको उमेरमा भदौ ५ गत निधन भएको थियो ।
सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको सञ्चालक तथा कर्मचारीहरुको टोलीले ८ औँ दिनको पुण्य तिथीमा घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
उनी सहकारीका शुभचिन्तक प्रेमवहादुर श्रेष्ठ र भिमवहादुर श्रेष्ठका आमा एवं अर्का शुभचिन्तक सरस्वती श्रेष्ठका सासु समेत हुन् ।
श्रदाञ्जली सभामा अध्यक्ष पौडेलले शोकसन्तप्त परिवारजनप्रति समवेदन र दिवंगत श्रेष्ठप्रिति श्रदाञ्जली व्यक्त गरे । उनले विवंगत श्रेष्ठका सकारात्मक कार्यको अनुसरण गर्दै अगाडि वढ्न परिवारजनलाई आग्रह गरे ।