१ जेष्ठ २०८२, बिहीबार

 

शैक्षिक सुधारको लागि तमानखोलामा बृहत कार्यशाला

शिक्षा दिवसको अवसर पारेर तमानखोला गाउपालिकाको आयोजनामा जनजागृती मावि श्रोत केन्द बोङ्गादोभानमा केन्द्र स्तरका सबै बिद्यालयको कार्यशाला गोष्ठी सुरु भएको छ । गाउँपालिकामा शैक्षिक सुधारका लागि अन्तरक्रिया गोष्ठि सुरु भएको हो ।

बृहत शैक्षिक क्षेत्रको सुधारका लागि सबै बिद्यालयको विद्यार्थी प्रतिनिधी, शिक्षक, प्रअ, बिद्यालयका अध्यक्षहरुको सहभागितामा गोष्ठी सुरु भएको थियो । गोष्ठीमा तमानखोला गाउपालीकाका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष मानसरी शेरचनको स्वागत मन्तब्य रहेको थियो ।

गोष्ठीमा शैक्षिक, भौतिक पक्ष एवम् सिकाई उपलब्धी तथा विभिन्न नमुना विद्यालयका गतिविधिहरु े धन गौज्वती बिद्यालयका शिक्षक प्रेम बिश्वकर्माले बताए ।कार्यक्रको सहजिकरण बोङ्गादोभानका स्रोत व्यक्ति वेदबहादुर बुढा र उत्तरगंगा माध्यमिक बिद्यालयका स्रोत ब्यक्ति हरिचन पाण्डेले गरेका थिए । कार्यक्रमको सञ्चालन तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत खिम बिश्वकर्माले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung