स्याउले बजार पाउन थालेपछि मुस्ताङका कृषकहरु उत्साहीत भएर खेती विस्तारमा लागेका छन् । स्याउले बजार पाउन थालेपछि मुस्ताङका कृषकहरु उत्साहीत भएर खेती विस्तारमा लागेका छन् ।
सडक सुबिधासंगै उत्पादीत स्याउ बजारमा पु¥याउन सहज भएपछि मुस्ताङमा स्याउ खेती विस्तारले तिब्रता पाएको हो । बेनी–जोमसोम सडक निर्माण भएपछि बजार पाउन थालेपछि स्याउको खेती विस्तार र उत्पादन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो ।
यस वर्ष अनुकुल मौमस र उत्पादन दिने नयाँ बिरुवा थपिएकाले गत वर्षको तुलनामा दश प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।
“जिल्लाभर एक हजार ११५ हेक्टरमा गरिएको स्याउ खेती मध्य ३७० हेक्टरमा लगाइएको बोटले फल दिन्छ” योजना अधिकृत गुप्ताले भने, “अनुकुल मौसम, रोगकिराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको हो ।”
कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबोनी, छुसाङमा स्याउ खेती हुन्छ । स्याउ बेचेर एक जनाले वार्षिक एक लाख रुपैया देखि ७०/८० लाख रुपैया सम्म कमाई गर्छन् । सडक र स्याउले मुस्ताङका कृषकको जिवनमा नसोचेको परिवर्तन ल्याएको कोवाङका रत्नप्रसाद शेरचन बताए । मुस्ताङका खाली पाखो र बगरमा स्याउ खेती बिस्तारको लहरनै चलेको छ ।
अधिकांश स्याउ बगैचा फल टिप्नु अघिनै बिक्री भइसकेको छ । बगैचामा लटरम्म स्याउ फलेकोमा उत्साहीत बनेका मुस्ताङका कृषक बगैचाबाटै बिक्री हुन थालेकोमा अझ दंग छन् । ब्यापारीले अग्रीम पैसा दिएर स्याउ बगैचा ठेक्कामा लिएका हुन् । नटिप्दै बगैचानै खरिद गर्न थालेपछि स्याउले उचित मूल्य र बजार नपाउने समस्या हटेको थासाङ गाउँपालीका २ कोवाङका बसन्त शेरचनले बताए ।
उनले ४५ बोट स्याउलाई चार लाख २५ हजार रुपैयामा बिक्री गर्नुभएको छ । “दशक अघिसम्म डोको र खच्चर लिएर आउने ब्यापारीलाई फकाई फुलाई स्याउ बेच्नुपर्ने बाध्यता थियो” शेरचनले भने “पहिले बजारमा पु¥याउन नसकिदा स्याउ बारीमै कुहीएर खेर जान्थ्यो । सस्तोमा बिक्री गर्नुपर्दथ्यो । अहिले नटिप्दै बिक्री हुन थालेको छ ।”
थासाङ गाउँपालीका १ टुकुचेका निरज तुलाचनको बगैचामा फलेको स्याउ नटिप्दै बिक्री भएको छ । भदौ पहिलो हप्ता ४१० बोटमा फलेका स्याउलाइ ब्यापारीले तिस लाख रुपैयामा ठेक्का लिएका कृषक तुलाचनले बताए । “भनेजती मूल्य पाएपछि स्याउ पाक्नु र फल टिप्नु अघिनै पेस्की लिएर बगैचानै ठेक्कामा दिएको हो” उनले भने, “स्याउ किन्न ब्यापारीको प्रतिस्पर्धा छ ।”
थासाङ गाउँपालीका २ कोवाङका नरेन्द्र शेरचनले ४० बोटलाई चार लाखमा ठेक्का दिइसकेका दिईसकेका छन् । गाउँकै आफन्तलाई बगैचा हेरालु राखेर काठमाडौमा एक दशकसम्म ब्यापार गरेका कोवाङका नरेन्द्र शेरचन गाउँ फर्कीएर स्याउ खेतीमा लागेका छन् । बेनी–जोमसोम सडक सञ्चालन भएपछि स्याउले बजार पाउन थालेकाले काठमाडौको ब्यापार छाडेर स्याउ स्याहार्न मुस्ताङ फर्कीएको शेरचनले बतए ।
“अरुलाई दिदाँ पच्चिस हजार मात्र आम्दानी हुन्थ्यो” शेरचनले भने, “आफैले बगैचा स्याहार गर्न थालेपछि यसपाली उत्पादन पनि बढ्यो, चार लाखमा बगैचा ठेक्कामा लगाएको छु ।” भदौको अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुने जनाइएको छ ।
वि.स २०६४ मा बेनी जोमसोम सडकको ट्याक खुलेपछि किसानमा उत्साह र जाँगर पलाउनुका साथै स्याउ खेतीमा उभार आएको छ । रासायनीक मल र बिषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादीत मुस्ताङको स्याउ स्वादीलो र रसीलो हुनाले बजारमा प्रसिद्ध छ ।
बेनी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौ, चितवन, धादीङ, तनहुँ, स्यास्ङ्जामा मुस्ताङको स्याउ निकासी हुने गरेको छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष २३ करोड रुपैया मूल्य बराबरको तिन हजार २०० मेट्रिक्टन स्याउ मुस्ताङबाट निकासी भएको थियो ।
बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौतीको रुपमा देखिएको कृषकहरुले बताएका छन् । तापक्रम बढ्दै जाँदा तल्लो क्षेत्रका बोटमा फुल नखेल्ने र दानामा विभिन्न किसीमका रोग देखिन थालेको मार्फा स्थित शितोष्ण बागबानि विकास केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले बताए । रोगकिराबाट बचाउन बगैचा व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकारीको भनाई छ ।













































































































































































































