३० बैशाख २०८१, आईतवार

 

लखन बहुउद्देश्यीय सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

“हटाउँ सबै असमानता बनाउँ बराबरी, समृद्ध समाज निर्माणको लागि लखन सहकारी” भन्ने मूल नाराका साथ जिल्ला लखन बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आफ्नो दशौं वार्षिक साधारण सभा विविध कार्यक्रमहरु सहित शनिवार भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतीथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले राज्य पुर्नसंरचना पश्चात सहकारी अभियान दोसाँधमा परेको बताए ।

अहिले सहकारी अभियानका लागि संक्रमणकालीन अवस्था रहेको बताउदै पौडेलले सहकारी ऐन पारीत हुन नसक्नु, सहकारी संस्थालाई अनुगमन निरीक्षण गर्ने सरकारी निकाय डिभिजन सहकारी कार्यालय पनी पुर्नसरचना पश्चात निश्कृय हुनु र स्थानीय निकायमा पनी सहकारी संस्था सम्वन्धी बुझाईको कमी हुनु तथा आवश्यक कर्मचारी र छुट्टै विभाग नहुनुले सहकारी अभियान अलमलको स्थितीमा परेको बताए ।

लखन सहकारी एउटा छुट्टै पहिचान बोकेको सहकारी भएकाले जिल्लाको सवल र नमुनायोग्य सहकारी बन्ने सम्भावना रहेको र यसका लागि सदस्यहरुको सन्तुष्टिका क्षेत्रमा आगामी दिनमा लखनले योजनाबद्ध भई काम गर्नुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा मगर संघ बागलुङका राजेन्द्र थापा मगर, लुम्वीनी विकास कोषका पूर्व सदस्य सचिव राजेन्द्र थापा मगर, संकलप साकोसका अध्यक्ष ओमवहादुर थापा, काठेखोला गाउँपालीकाका वडा नं. १ का अध्यक्ष खड्क थापा मगर, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्य खड्कवहादुर थापा र केशर वहादुर थापा स्थानीय निकायको निर्वाचनवाट जनप्रतीनिधिको रुपमा निर्वाचीत भएकोमा र शेयर सदस्य मनवहादुर थापा (मनिष) सहकारी तथा गरिवी निवारण राज्य मन्त्री चम्पादेवि खड्काको शोकीय सचिवमा नियूक्त भएकोमा दोसल्ला र सम्मान–पत्रवाट सम्मानीत गरिएको थियो ।

सोही अवसरमा संस्थामा कारोवार गर्ने उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी, असल कारोवारी सदस्य, उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ विद्यार्थी लगाएतका विभिन्न विधाहरुमा शेयर सदस्य तथा सदस्यका छोरा छोरीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

साधारण सभामा संस्थाको तर्फवाट संस्थाका सचिव ररीता राना पुनद्धारा प्रस्तुत आर्थिक वर्ष ०७३।०७४ को प्रगती प्रतिवेदन र ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष तेजेन्द्र बहादुर थापाबाट प्रस्तुत आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा ०७४।०७५ को प्रस्तावित आय व्यय तथा कार्ययोजना सवसम्मतीले पारीत भएको छ । संस्थाका अध्यक्ष मिनवहादुर श्रीसको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष कुसुम बुढा पुन र सञ्चालन सचिव रीता राना पुनले गरेकी थिईन ।

 

प्रतिक्रिया दिनुहोस्