
राजधानीबाट प्रकाशित हुने क्यापिटल बिजनेस म्यागजिन पत्रिकाले प्रकाशनको सय दिन पुरा गरेको उपलक्ष्यमा दि कर्पोरेट नाइट’ आयोजना गरेको छ । बजारमा तेस्रो अंक आएको पत्रिकाले पाँचतारे होटल ¥याडिसनमा भव्य कार्यक्रम गरेको हो ।
नेपालका २ सय बढि उद्योगी तथा व्यवसायीहरुको उपस्थितीमा फेसन शो तथा साँगितिक कार्यक्रम गरेर क्यापिटलले खुशी साटासाट गरेको हो । कार्यक्रममा आकर्षक फेशन शोले सबैको ध्यान आकर्षण गरेको थियो ।
फेशन डिजाइनरहरु शोभा महर्जन, सबिता प्रजापति, दिपिक्ष्या भट्टका पहिरनलाई १२ जना ग्ल्यामर मोडलहरुले प्रस्तुत गरे ।
साडी तथा लेहेंगाहरुको सिक्वेन्सबाट सुरु गरिएको फेशन शो गाउन, वन पिस हुँदै कर्पोरेट थिममा मोडलहरुले विभिन्न किसिमका पहिरनहरुका साथमा क्याट वाक गरे ।
जुनेली बिजेनेश हाउसले व्यवथापन गरेको ‘दि कर्पोरेट नाइट’ रनवे को कोरियोग्राफी जयंन सुब्बा मानन्धरले गरेकी थिइन ।वाई स्टेन्ड डान्स एकेडमीका कलाकारहरुको नृत्य तथा गायिका श्रेया सोतांग, गायक मिंगमा शेर्पा र राज सिग्देलले आफ्ना चर्चित गीतहरु गाउँदा कार्यक्रम झनै रोमान्चक बनेको थियो ।
कर्पोरेट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको यो कार्यक्रम नौलो भएको इभेन्ट म्यानेजर शिशिर लामाले बताए ।
म्यागजिनका सम्पादक राजेन्द्र पराजुलीले चाँडै अनलाइन लिएर आउन लागेको जानकारी दिँदै ४ महिनापछि सार्क स्तरिय कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा पनि ¥याममा हिडेका थिए ।
¥यामपछि मन्तव्य राख्दै महासंघका अध्यक्ष राणाले ३ महिनामा नै क्यापिटले नेपालको उद्योगी व्यवसायीको मन जितेको बताइन् ।
क्यापिटल छोटो समयमा नै स्थापित भएकाले अझै जिम्मेवार भएर जानुपर्ने बताइन् ।
त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सय दिनभित्र क्यापिटलले यस्तो भव्य कार्यक्रम गर्नुले क्यापिटल बलियो हुँदै गएको बताए ।
नेपालको आर्थिक नीतिगत विषय र निजि क्षेत्रका सवालहरु क्यापिटलले उठाएर अझ शसक्त भएर अगाडी जानुपर्ने उनले बताए ।
बिजनेस नेपाल म्यानेजमेण्टद्धारा प्रकाशित क्यापिटल बिजनेस म्यागजिन प्रकाशनको तीन महिना मात्र पुरा गरेको छ ।
म्यागजिनका प्रमुख संवाददााता प्रकटकुमार शिशिरले जिम्मेवार आर्थिक पत्रिकारिता गर्दै विभिन्न समयमा इभेन्टहरुको पनि आयोजना गर्दै जाने बताए ।