२ जेष्ठ २०८२, शुक्रबार

 

सञ्चारकर्मी छन्त्यालको पहिलो गीत दशैँ तिहारैमा….(भिडियो)

नेपालीले मनाउने मुख्य चाड दशैँ र तिहार नजिकिएका बेला सञ्चारकर्मी सुरेश छन्त्यालले आफ्नो पहिलो लोक गीत दशैँ तिहारैमा भिडियो सहित बजारमा ल्याएका छन् ।
गलकोट नगरपालिका–१० पाण्डवखानीका छन्त्यालले आफ्नो पहिलो प्रश्तुतिको रुपमा बजारमा ल्याएको यो गीतमा रोजगारीको लागि विदेशिनु पर्दा दशैँ तिहारमा समेत घर आउन नपाएको कथाबस्तु समेटिएको छ ।

यो गीतमा बागलुङ गलकोटका गायक नविन रानाको एकल स्वर, शब्द र लय रहेको छ । टाईगर्स फिल्स् प्रालीले बजारमा ल्याएको म्युजिक भिडियोमा अभिनय र निर्देशन दुवै संगम खड्काको रहेको छ ।

कस्लाई भनम थाके छु भोको छु
आमा सम्झि कति दिन रोको छु, दशैँ तिहारैमा… आउँदा हजुर गाउँघरको सम्झना पोल्छ हियारैमा

देशको लायक कैले नी भैन म
परदेशमा छु गाउँ घरमा छैन म, दशैँ तिहारैमा… आउँदा हजुर गाउँघरको सम्झना पोल्छ हियारैमा

यस्तै यस्तै शब्दले सजिएको गीतमा विदेशियका नेपालीको पीडा र वेदनालाई मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

छन्त्यालले पुरन प्रभातसँग मिलेर ‘पान मिठोको कि सुपारी’ नामक लोक गीत समेत बजारमा ल्याउने तयारी गरेका छन् । यो गीतमा उनको शब्द रहेको छ ।
त्यस्तै आफ्नै शब्द सिर्जनामा सुरेशले ‘मायाँसँग घुम्टे जानि हो’ अर्को लोक गीत समेतको अडियो बजारमा आईसकाको छ । यो गीतको भिडियोको काम भईरहेकोले अब तत्काल सार्वजनिक गरिने छन्त्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung