नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर–४ को विशेष सभाले संजिबबहादुर कोईरालाको अध्यक्षतामा प्रदेश समिति बनाएको छ ।यसअघि विवाद भएपछि प्रदेश समितिले बैधानिकता पाएको थिएन ।

विशेष सभाले उपाध्यक्षमा कृष्णराज पण्डित, एसोसियट उपाध्यक्षमा मोतिप्रसाद पौडेल र कोषाध्यक्षमा बलराम ढकाललाई चयन गरेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले जानकारी दिए ।सदस्यमा शरणकुमार जोसी र खगेन्द्र भट्टनलाई थप गरिएको छ ।
‘प्रदेश समिति बनाउने प्रयास त यस अघि नै भएको हो,’ श्रेष्ठले भने, ‘नेतृत्व सहित कतिपय कुरामा विवाद् थियो, बिशेष सभाले सबै साथीहरुको बुझाईमा एक मत सहित नेतृत्व र कार्यासमितिको सम्पुर्ण कुरा टुङ्गाएको छ ।’
नयाँ संविधान अनुसार सात प्रदेश बनेपछि उद्योग बाणिज्य संघको संरचना पनि त्यहि अनुरुप बनाईएको हो ।



















































































































































































































