२९ बैशाख २०८२, सोमबार

 

प्रदेश सभा चुनाव क्षेत्र नं २ अन्तर्गत नेकपा एमालेबाट शर्मा प्रत्यक्ष तर्फ सर्वसम्महत

आगामि मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा क्षेत्र नं २ बाग्लुङमा नेकपा एमालेले प्रत्यक्ष तर्फको उमेदवार टुङ्गाएको छ । ढोरपाटन नगरपालीकाको वडा नं १ बुर्तिबाङमा भएको छलफल बाट जिल्ला कमिटि सदस्य ददिराम शर्मालाई सर्वसम्मत प्रत्यक्ष उमेदवारको रुपमा चयन गरीएको बताईएको छ ।

सोमबार प्रदेश सभा निर्वाचन क्षेत्रिय कमिटीको एक भेलाले आफनो पार्टिको प्रदेश सभा निर्वाचनको उमेदवार तोकिएको र प्रतिनिधि सभा उमेदवार मंगलबार तय गरीने जिल्ला कमिटी सदस्य केशर छन्त्यालले बताए । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य लछुमण पुनको अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल किशान महासँघ स्थार्ई कमिटि सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता रहेकोमा नेकपा एमाले चार नम्बर प्रदेश सम्पर्क मञ्च संगठन कमिटी सदस्य चेतनारायण पौडेल, ढोरपाटन नगरपालीका प्रमुख देबकुमार नेपाली, जिल्ला कमिटी सदस्य रुद्ध पौडेल, बिरबहादुर बिक, केशर छन्तयाल, लगाएत नेता कार्यक्रताको उपस्थिती रहेको थियो ।

प्रदेश सभा क्षेत्र नं २ मा ढोरपाटन नगरपालीका, तमानखोला गाँउपालीका र निसिखोला गाँउपालीका रहेको छ । त्यस्तै कार्यक्रमका अबसरमा ढोरपाटन नगरपालीकामा पार्टिको रिर्पोटिङ प्रस्तुत गरीएको छ । जसमा नेकपा एमाले ढोरपाटन नगर उपसंयोजक केशर छन्तयाल, तमानखोला गाँउपालीकाको बिषयमा गाँउपालीका संगठन कमिटी सदस्य बेगबहादुर खत्री, र निसिखोला गाँउपालीकाको रिर्पोट निसिखोला गाँउपालीका नेकपा एमाले सम्योजक रुद्ध पौडेलले प्रस्तुत गरे थिए ।

त्यस्तै नेकपा एमाले प्रदेश सभा क्षेत्र नं १ मा निर्वाचन संगठन कमिटीको बैठक सोमबार गल्कोट नगरपालीकाको हटियामा सम्पन्न भएको छ । गल्कोट नगरपालीका, ताराखोला गाँउपालीका र वडिगाड गाँउपालीका रहेको प्रदेश सभामा एमालेका तर्फबाट प्रत्यक्ष र समानुपातीक तर्फका आकांक्षिक उमेदवारको नामावली सकलन गरीएको छ ।

जसमा प्रदेश सभामा समानुपातिक तर्फ ६ जना, प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारीस गरीएको हो । जसमा प्रत्यक्ष तर्फ कमल घिमिरे, यम बहादुर श्रीस, र प्रेम खरेलको नाम सिफारी गर्ने निर्णय गरेको छ । समानुपातीक तर्फ फरेन्द्र थापा, दिपक रायमाझि, धनबहादुर बिक (धिरेन), टेक बहादुर केसी, शान्ती अधिकारी, र बिना थापाको नाम सिपारीस गर्ने निर्णय गरीएको हो ।

प्रदेश सभा निर्वाचन संगठन कमिटिका संयोजक शान्ती अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रदेश संगठन कमिटि सदस्य प्रेम खरेको प्रमु्ख आतिथ्यथता, संघिय मामिला केन्द्रिय सदस्य सुनिल शेरचन, जिल्ला उपसचिव बिष्णु भुषाल, लगाएत बिभिन्न वडाका वडा संगठन कमिटी अध्यक्ष , सदस्यहरु लगाएतको उपस्थिती रहेको बैठकमा जिल्ला सदस्य डम्बर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै नेकपा एमालेले प्रतिनिधी सभा २ नम्बर क्षेत्रको मँगलबार खर्वाङमा भेला गरी टुङ्गाउने तयारी गरेको बताईएको छ ।  त्यस्तै नेपाली काँग्रेसले समेत आफनो उमेदवारी टुङ्गाउने विषयमा छलफलजारी राखेको छ । क्षेत्रिय समितीले ईच्छुक प्रदेश सभा क्षेत्र नं २ र क्षेत्र नं २ का आकांक्षिको नाम जिल्ला पार्टि कार्यालयमा पठाईसकेको छ । सोमबार पनि बैठक जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung