गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेका युयाहरुको सक्रियतामा प्रथम खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता बिहिबार समापन भएको छ । क्लवका अध्यक्ष विरेन्द्र घर्तीको अध्यक्षता गलकोट नगरपालिका समन्वय समितिका सदस्य गणेश शेरचनको प्रमुख आथितियता समाजसेवी मानसिंह छन्त्यालको विशिष्ट आथितियता रहेको थियो ।
कार्यक्रममा बोल्दै शेरचनले खेलकुद लाई अझ अगाडि लैजान स्थानीय स्तर देखि जिल्ला र राष्ट्रिय सम्म खेलाडीको ठुलो भुमिका रहेको बताए । क्लवका सदस्य रावल पुनको स्वागत मन्तव्य र किस्मत थापाको संचालनमा कार्यक्रम समापन भएको हो ।
२१ टिमको सहभागीतामा प्रथम कालिका माइ थुन्कि रिघा र दोस्रो न्यु स्पोर्ट रिघा भएको छन् । खेल अवधि भर अनुसासित खेलाडी यिचम स्पोर्ट हटियाका अनुज श्रेष्ठलाई प्रधान गरिएको छ ।













































































































































































































