
सयुक्त वाम गठबन्धन ताराखोला गाउपालिका वाड नम्बर–१ को भेला अमरभुमिमा सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनले अघि सारेका उम्मेदवारलाई विजयी बनाउने रणनीति तय गर्न भेला भएको हो ।
भेलामा वाईसिएलका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश केसीले गोलाकार भित्र रहेको हँसिया हथौडामा मतदान गरि वामपन्थीले अघि सारेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
भेलामा एमालेका प्रतिनिधि लालमती श्रीस, वडा नम्बर–३ का अध्यक्ष दिलबहादुर बस्नेत, वडा नम्बर–१ का अध्यक्ष यामबहादुर श्रीस, अखिल क्रान्तिकारीका जिल्ला सदस्य बिकास कडेल लगायतले वामपन्थीलाई भोट दिन आग्रह गरे । भेला चन्द्रकुमार नाइसाको स्वागत मन्तव्य र माओवादी केन्द्रका वडा अध्यक्ष जनक घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच आसन्न निर्वाचनमा वाम गठबन्धनलाई जिताउन ताराखोला गाउँपालिका वडा नम्बर–५ मा सोमबार भेला सम्पन्न भएको छ ।करिमेलामा भएको भेलाले खेम घर्ती पुनको संयोजकत्वमा १ सय ५० सदस्यीय वाम गठबन्धनका उम्मेद्वार जिताउ निर्वाचन परिचालन समिति गठन गरेको बताईएको छ ।
समितिले गठबन्धन जिताउन घरदैलो अभियानको साथै मतदान गर्न सिकाउने र हतियामा वाम गठबन्धनको सभामा जनसहभागिताको लागि वडा नं ५ मा सहजिकरण गर्ने ६ गते तारागाँउमा आम सभा गर्ने निर्णय गरेको छ ।
भेलामा माओवादि केन्द्र तारा–५ का अध्यक्ष नारायण घर्ति, वडा–४ का संयोजक धनबहादुर खत्री राजन, नेकपा एमालेका प्रतिनिधि कृष्ण गौतम, माओवादिका जितबहादुर खत्रीले आनो धारणा राखेका थिए । कार्यक्रम कुलबहादुर रोकाको संचालनमा सम्पन्न भएको थियोे ।