
नेपाली काँग्रसको चुनावी अभियान निसीखोला गाँउपालिका ५ र ६ निसिमा कार्यक्रता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर १० गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई आप्mनो जित हासिल गर्ने उदेश्य सहित उमेदवार , नेता, कार्यक्रता सहितको टोलीले स्थानिय कार्यक्रताहरु सँग भेटघाट गर्दै शान्ती समृद्धि र लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउँदै आप्mनो क्षेत्रबाट नेपाली काँग्रेसलाई जिताउने अभियानमा जुट्न कार्यक्रतालाई आग्रह गरेका थियो ।
भेटघाट तथा घरदैलो कार्यक्रममा प्रतिनिधि सभा उमेदवार तथा प्रदेशसभा उमेदवार नरबहादुर पुन (निरज) र जित शेरचनले बोल्दै निर्वाचनमा नेपाली काँग्रसको जित आवश्यक रहेको बताउँदै समुन्नत समाज निर्माण, लोकतन्त्रको रक्षा र संविधान कार्यानयनमा नेपाली काँग्रसेको महत्वपुर्ण आवश्यकता रहेको बताउँदै समग्र पश्चिम बाग्लुङको विकासका निम्ती आफुहरुको जित अपरिहार्य रहेको बताए ।
आफुहरुले चुनाव जितेमा निसीखोलाको विकास र सम्भावनालाई आवश्यक अध्ययन गरेर अगाडि बढाउने बताए । कार्यक्रममा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, क्षेत्रिय सभापती दोर्ण कुमार कुवँर, निसीखोला गाँउपालिका प्रमुख तारानाथ पौडेल, उपप्रमुख सोभा कार्की, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, महादिवेशन प्रतिनिधि टेकराज पौडेल, यामु पौवि, सिँहबहादुर राना, सागर छन्तयाल लगाएतको सहभागिता रहेको थियो ।
मंगलबार नेपाली काँग्रेसले निसीखोला गाँउपालिका वडा नं ४ झिवाखोला बजारमा बृहत आम सभा गर्ने तयारी भईरहेको बताईएको छ ।