३० बैशाख २०८२, मंगलवार

 

काँग्रेस उम्मेदवार भन्छन, ‘शान्ति र समृद्धिका लागि भोट दिनुस्’

अगामी मसिंर १० गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस क्षेत्र नं. १ बागलुङले बुधबार बरेङ गाउँपालिकाको बाटाकाचौरमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नंं १ प्रतिनिधि सभाका उम्मेदवार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्काले देशमा दिगो शान्ति र समृद्धीका लागि नेपाली काँग्रेसलाई भोट दिनका लागि जनता सँग आग्रह गरेकी छन ।

उनले यस क्षेत्रमा हरेक विकासका पुर्वधारलाई आफुले केन्द्र देखीनै पहल थाल्ने बताईन । त्यसै गरी क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निर्वतमान सांसद प्रकाश शर्मा पौडेल शान्तिपुर देखी बरेङ सम्मको बाटोलाई स्तोरन्नतीको लागि आफुले पहिलो प्राथमिकतामा राखेको बताए । पौडेलले यस क्षेत्रमा व्यवसायिक तथा प्राविधिक शिक्षाको आवश्यक रहेकोले त्यसका लागि आफुले सक्दो प्रयोस गर्ने बताए ।

त्यसैगरी काँग्रेसका पुर्व पार्टि सभापति एवं समानुपातिकका उम्मेदवार मणिभद्र शर्मा कंडेलले मुलुमा गणतन्त्र स्थायित्वका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनु पर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव तथा प्रचार प्रसार मुल संयोजक समितिका संयोजक नवराज पौडेल, पुर्व उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, महासमिति सदस्य भिम श्रीष, काँग्रेसका जिल्ला सदस्य तथा क्षेत्र नं. १ प्रदेश २ का प्रचार प्रसार संयोजक हरि आचार्य, जिल्ला सदस्य पदम पुन, क्षेत्रीय सभापति नारायण शर्मा पांैडेल, चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबु, नेपाल शिक्षक संघका पुर्व सचिव भुवानी प्रसाद कंडेल, भुपु सैनिक संघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारी, नेपाल सास्कृतिक संघका केन्द्रिय सदस्य पुर्ण बहादुर पौडेल, बाटाकाचौरका पुर्व पार्टि सभापति तेजेन्द्र बहादुर न्यौपाने, लगायतले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन कार्यकर्ता समक्ष आग्रह गरेका थिए ।

कार्यक्रम बाटाकाचौरका सभापति कर्ण बहादुर थापको अध्यक्षता, पुर्व सदस्य तुलसी पौडेलको स्वागत र उपसभापति बाबुलाल पौडेललको संचालनमा सम्पन्न भएको त्यहाँ बाट बालकृष्ण शर्माले जानकारी दिए ।

श्रद्धान्जली सभा

बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर साग्दीका गत बैशाखमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा सदस्यका प्रत्यासी ओमकार थापालाई मातृ शोक परेको छ ।

गय राती उनकी आमा लाली थापाको ६३ बर्षको उमेरमा देहान्त भएको छ । बुधबार विहान अत्यष्टीको क्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्का र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले मृतकको प्राथिव शरिरमा नेपाली काँग्रेसको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

सो अवसरमा बोल्दै उम्मेदवार द्धयले नेपाली काँग्रेसले एउटा निष्ठावान कार्यकर्ता गुमाएकोमा सिंगो पार्टिमानै क्षती पुगेको बताए । उनिहरुले शोकाकुल परिवार प्रति हार्दिक समवेदना समेत प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung