१ जेष्ठ २०८२, बिहीबार

 

‘मुलुकमा आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसलाई विजयी गराउनु पर्छ’- थापा

आगामी मसिंर १० गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा काँग्रेसका उम्मेदवार पनि मतदाता भेटनका लागि निकै व्यस्त भएका छन । यसैक्रममा आइतबार नेपाली काग्रेसले चुनावी अभियान बानपा १३ अमलाचौर, काठेखोला गाउँपालिका ७ रेश र बानपा ९ तित्याङ लगाएका क्षेत्रमा सम्पन्न गरेको छ ।काठेखोला गाउँपालिका ७ रेश का गुडडाडा, तिङरीङ लगाएका स्थानमा भएको घरदैलो कार्यक्रमामा बोल्दै बागलुङ क्षेत्र नंं १ (क) प्रदेश सभाका उम्मेदवार एवं पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जिल्लाको विकासका निम्ती पुर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा राखको हुदा रुख चिन्नहमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरे ।

उनले मुलुकमा आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसलाई विजयी गराउनका लागि मतदातहरु सँग आग्रह गरे । उनले स्थानीयको चाहना अनुसार नै आफु अगाडि बढे बताए ।घरदैलो कार्यक्रममा जिल्ला सदस्यहरु चित्रबहादुर कार्की, खिमानन्द पौडेल, नेवि सघं अध्यक्ष खडक थापा, तरुण दलका पुर्व अध्यक्ष मिलन कुवर, मिन सागर गुरुङ, आकाश गुरुङ लगाएको टोली सहभागी भएको थियो ।यसैबिच बानपा ९ तित्याङमा समेत घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा नेपाली काग्रेस कलस्टर न ३ का अम्मरबहादुर कार्की जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, तरुण दलका क्षेत्रीय अध्यक्ष सनीकुमार केसी लक्षुमण, वडा सभापति राजु थापा, सचिव ओमप्रकाश पौडेल लगाएको टोली सहभागी जनाएको थियो । यस्तै सुर्यबहादुर खत्रीको संयोजकत्वमा ५१ सदस्यि युवा परिचालन समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung