
नजिकिदै गरेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावको लागि राप्रपा नेपालले आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । शनिबारदेखि सुरु भएको अभियान जिल्लाको बागलुङ बजार, बिहुँ, अक्षेते, गलकोट, खर्बाङ र बुर्तिबाङ लगाएका स्थानमा सम्पन्न भएको छ ।
कार्यक्रम राप्रपाका केन्द्रीय उपाध्यक्ष डिल्ली विकास राजभण्डारी को नेतृत्वमा भएको हो । उनले चुनाव प्रचारको क्रममा बोल्दै लोकतन्त्र, संवैधानिक राजतन्त्र , हिन्दु धर्म, आर्थिक प्रगति र देशको समृद्ध विकासको लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।
उता राप्रपा जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको नेतृत्वमा बा न पाको बिभिन्न स्थान, कुस्मिसेरा र बरेङमा जन भेटघाट कार्यक्रम सम्पन्न गरेका छन । जन भेटघाटको शिलशिलामा खड्काले देशलाई समृद्धको बाटो मा लैैजानको लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।