१ जेष्ठ २०८२, बिहीबार

 

‘मलाई जिताए सिसाखानीको मुहार पक्कै फेर्नेछु’–पौडेल

आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिए सँगै बिभिन्न दलहरु चुनावी प्रचारमा लागेका छन । त्यस्तै वाम गठबन्धनले पनि आफ्नो प्रचारलाई तिब्रता दिएको छ । प्रचारको शिलशिलामा मंगलबार नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उम्मेद्वार देवेन्द्र पौडेलको टोली सिसाखानीमा पुगेका छ । उक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले ‘स्थानीय वासीहरुले धेरै दुख पाउनुभएको रहेछ तपाईंको माझमा आएको छु जिताएर सिसाखानीको मुहार पक्कै फेर्ने छु मलाई जिताउनुहुनेछ भन्ने आसावादि छु उनले भने’ ।

बाचेको जिवन जनतामै समर्पित गर्दै यस ठाउँको विकास मेरो पहिलो प्रथामिक हो त्यसैले जनता सामु आएको छु उनले भने । कार्यक्रममा सिसाखानी, तामाखानी, फलामखानीको उत्खनन सिसाखानी रिघा आकाशे पुल, खर्वाङ नौटुवा हुदै सिसाखानी जोड्ने मोटरबाटो, खानेपानीको उचित व्यवस्था लगाएतका मागहरु स्थानीयले पौडेल समक्ष राखेका थिए । त्यसको जवाफ दिदै पौडेलले भने यि विकासका कुरालाई प्रदेश तथा केन्द्र सम्म पुराई १० वर्ष सम्म कार्यन्वयन गर्ने गरि कार्ययोजना बनाई काम गर्ने उद्धोष गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यो चुनावी पछि दुई तिहार बहुमतको वामपन्थी सरकार गठन गरि जनता माझ खुसीको बहार ल्याउने र जनतामा विकासको अनुभुती हुने गरि केन्द्रीय सरकार र प्रदेश सरकारले काम गर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार मोहनलाल शर्मा बागलुङ जिल्ला समन्वय समितिका उपसयोजक बिष्णु भुषाल युवा नेता भिमसेन वन माओवादि केन्द्र केन्द्रीय आयोजक समिति सदस्य राजिव घिमिरे पोलिटव्युरो सदस्य बि बि खराल नेकपा एमाले संघिय मामिला तथा स्थानीय विकास बिभाग केन्द्रिय सदस्य सुनिल शेरचन नेकपा एमाले प्रदेश ४ का सदस्य प्रदिप खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य शान्ति अधिकारी लगाएतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम वडिगाड गाउँपालिका वडा न ३ का वडा अध्यक्ष खड्ग बहादुर पुनको अध्यक्षतामा राजमोका वडा कमिटिका सचिव नर बहादुर पटेलको स्वागत चुनाव प्रचार समिति सदस्य समिर पुनको संचालनमा सम्पन्न भएको थियो । मंगलबारनै वडिगाड गाउँपालिका को वडा न १ दगातुंमडाडामा पनि चुनावि भेटघाट कार्यक्रम सम्पन्न भएको छ । त्यहाँको विकासका लागि पौडेल समक्ष माग पत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung