३ श्रावण २०८३, आईतवार

 

जापानमा सम्पन्न भयो सिजुओका याईजु अन्तराष्ट्रिय फेस्टिवल

जापानमा सिजुओका याईजु अन्तराष्ट्रिय फेस्टिवल सम्पन्न भएको छ । धेरै देशको सहभागिता भएको फेस्टिवल जापानको याईजु साँस्कृतिक केन्द्र सिजुओकामा भएको थियो ।

कार्यक्रममा जापान, नेपाल, भारत, फिलिपिन्स, थाईल्याण्ड, ईरान ईन्डोनेसिया ,बार्जिल लगाएतका देशहरुको सहभागिता रहेको थियो । प्रत्येक देशका प्रतिनिधिहरुले आफ्नो देशको लोक बाजा, भेषभुषा, खानाको परिकार, लाखे नाच लगाएतका साँस्कृतिक झाँकीहरु र लोक नृत्य प्रस्तुत गरेका थिए ।

जापानी पर्यटक लगाएत अन्य देशका पर्यटकहरुलाई नेपाल भ्रमण गराउनका लागि नेपालका बिभिन्न पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिएको गलकोट समाज जापानका सचिव कृष्ण केसी थम्मनले जानकारी दिए । यस्ता फेस्टिवल हरेक वर्ष हुने गर्दछ । यस फेस्टिवलमा नेपालमा बनेको चिया निःशुल्क वितरण गरिएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung