१ जेष्ठ २०८१, मंगलवार

 

ग्लोबल आइएमइ बैंकको सिइओमा पौड्याल नियुक्त

डेपुटी प्रमुख कार्यकारी हुँदै कामु सिइओ बनेका जनक शर्मा पौड्याल ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन । बुधबार बसेको सञ्चालक समिति बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । अनिल ज्ञवालीले दुई वर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल प्रमुख कार्यकारी नियुक्त भएका हुन । गत भदौ २९ गते कामु सिइओ भएका पौड्या बुधबारबाट सिइओ बनाइएको हो ।

नविल बैंकबाट करियर सुरु गरेका पौड्यालले ३० बर्ष बैंकिङ क्षेत्रमा सेवा गरिसकेका छन । सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका उनी नविलमा ११ बर्ष काम गरेपछि एनआइसी बैंकमा गएका थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच वर्ष काम गरेपछि लक्ष्मी बंैक जग बसालेका थिए । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गएका थिए ।

लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ । त्यहाँ साढे चार वर्ष काम गरेका थिए । ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग लण्डनमै चिनजान गरेका उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको व्यवस्थापनमा भित्रिए । ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए । ग्लोबल आइएमइ बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ । बैंकले दुई अर्ब नाफा गर्दै निक्षेप एक खर्ब पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्