
लक्ष्मी बैंकको साधारण सभा भए लगत्तै बैंकले अब चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा भएको सत्रौं वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब चुक्ता पूँजी पु¥याउन सफल भएको छ । साधारण सभाबाट पारित बोनस शेयर जारी भए पश्चात बैंकको चुक्ता पूँजी रु ८ अर्ब २२ करोड पुगेको छ ।
साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३ र ०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । आ.व. २०७३/७४ मा रु ५९.३२ अरब निक्षेप र रु ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ७० अरब रहेको छ ।
सोहि आ.व.मा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफाआर्जन गर्न सफलभएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामकव्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।
साभारःरातोपाटी