विश्व चर्चित चे ग्वेभाराको यो फोटो कहिले कस्ले खिचेको भन्ने सवैलाई कौतुहल हुन सक्छ । टि सर्ट, क्यासेटको कभर, रेस्टुरेन्टको भित्ता, गाडिको सिसामा, टोपी, आक्रर्षण विज्ञापनमा र इन्टरनेटको साइडहरुमा पनि यो फोटो देख्न सकिन्छ ।
विसौँ सताब्दीको ६०औँ दशकमा खिचेको यो फोटो विसाँै सताब्दीको आन्दोलनको गरिमा हो । वि.स. २०१६ चैत्रमा क्युवाको राजधानी हवानमा फोटो ग्राफर अल्वर्टाे क्रोडा (Alberto corda) ले यो फोटो खिचेका समेत थाहा थिएन धेरैलाई । यस फोटोमा अरुलार्ई आकर्षण गर्न सक्ने क्षमता, साहस, विद्रोह र प्रतिरोधको भाव छ । फोटो ग्राफर अरवर्टाे स्वयमले यस फोटोमा शान्त नहुने कठोरता ,क्रोध र दुःख देखेका छन ।













































































































































































































