७ जेष्ठ २०८१, सोमबार

 

प्रसिद्ध कालिका मन्दिरको जंगलमा आगलागी

प्रसिद्ध बागलुङ कालिका मन्दिरको वन क्षेत्रमा बिहीबार दिउसो आगलागी भएको छ । बागलुङ नगरपालिकामा पर्ने कालिका भगवती गुठीको जंगलमा आगलागी भएको हो ।

मन्दिरबाट उत्तरतिर रहेको गोविन्द स्मृतिद्वारभन्दा तल भिरमा लागेको आगोले त्यहाँका बोटविरुवा जलेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । नेपाल प्रहरीको टोली र स्थानीयवासीले दमकलको प्रयोग गरेर आगो तत्काल नियन्त्रणमा लिएका थिए ।

सामान्य ठुटाहरुमा धुँवा उडिरहेको बाहेक वनमा लागेको आगो निभेको बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए । ‘तुरुन्तै आगो निभाईयो,’ रेग्मीले भने, ‘तत्कालै डढेलो नियन्त्रण भएकाले ठूलो क्षेत्रमा फैलिएर हुनसक्ने क्षेती टरेको छ ।’

उनले आगो बाटोतिरबाट लागेको देखिएकाले कसैले फालेको चुरोटको ठुटाबाट सल्किएर फैलिएको हुनसक्ने जानकारी दिए । डढेलोले एक रोपनी भन्दा बढीको वनक्षेत्र जल्दा बोटविरुवा तथा काठपात नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्