बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको पाचौं बागलुङ महोत्सव भव्य रूपमा एनआरएनका अध्यक्ष भवन भट्टले धौलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा उद्घाटन गर्दै लगानी मैत्री वातावरण बनाउन आफुहरू लागि परिरहेको धारणा बताए । बागलुङ जिल्लालाई हिजोका दिनमा लाहुरेको जिल्ला भनेर परिचय दिने गरिन्थ्यो अहिले पनि विदेशी रेमिट्रान्स बढी भित्र्याउने जिल्ला मध्ये बागलुङ अहिले पनि लगभग पहिलो कोटीमै पर्छ ।
अहिले बागलुङ उद्योग वाणिज्य संघले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टलाई बागलुङ महोत्सवको प्रमुख अतिथि बनाएको खबर बाहिर आएपछि बागलुङको चोक चोकमा टीका टिप्पणी गरियो कसैले लाहुरेलाई ल्याउन लागेको भनेर सामाजिक संजालमा लेख्ने काम समेत भए कतिपय बुद्धिजीवीले त प्रमुख अतिथि भट्टले कति आर्थिक सहयोग गर्छन् भनेर आर्थिकसंग लगेर जोडेको देखियो ।
नेपालमा प्रधानमन्त्री छन्,मन्त्री छन्, सचिव छन्, सांसद छन् किन लाहुरे लाई भाउ दिने भनेर भने हो अहिले सबै मान्छे जान्ने बुझ्ने भएका छन् । अहिले कसैले कसलाई यहाँ सिकाइ राख्न जरुरी छैन कुरा हेर्दा खेरि । केही सत्य देखिन्छ तर बागलुङ बासिमा सकारात्मक कुरालाई पनि नकारात्मक रूपमा उठाउने बानीले गर्दा हामी अलि पछि परेको हो कि भन्ने लाग्छ । हो बागलुङ उद्योग वाणिज्य संघले अहिले साच्चै भन्ने हो भने यसपटकको बागलुङ महोत्सवमा सहि मान्छेलाई छनौट गरेर ल्याएको हो भन्ने कुरा छर्लङ्ग भएको छ ।
यस भन्दा अगाडि बागलुङ उद्योग वाणिज्य संघले ४ वटा ठुलो बागलुङ महोत्सव सम्पन्न गरिसकेको छ । नेपालका राष्ट्रपति प्रधानमन्त्रीदेखि मन्त्रीलाई प्रमुख अतिथि नबनाएको हैन तर पनि जिल्लाले एक रूपैयाको पनि आर्थिक लाभ लिन सकेको भने छैन । अहिले देशमा राजनीति भन्दा पनि देशलाई आर्थिक रूपले अगाडि लैजानको लागि प्रमुख कुरा आर्थिक लगानी भित्र्याउने जिल्लाको विकास गर्ने जसरी हुन्छ । बागलुङ जिल्ला लाई अरु जिल्लाको तुलनामा समृद्ध बनाउने लक्ष बागलुङ उद्योग वाणिज्य संघको हो ।
अहिले त्यही वातावरण तयार गर्न प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सव गर्दै गर्दा एनआरएन ले पनि नेपालका उद्योगी व्यवसायी र सरकारसंग मिलेर नेपालमा ठुलो लगानी भित्र्याउने उद्योग धन्दा कलकारखाना खोल्ने यहीँ रोजगारीको सृजना गर्ने नयाँ अभियान ल्याउन खोजेको छ । अहिले गैर आवासिय नेपाली संघमा नयाँ नेतृत्वमा आउनु भएका भट्ट बागलुङसंग धेरै परिचित भएको जापानमा रहेको समयमा पनि धेरै भन्दा धेरै बागलुङ कै साथीहरूसँग सहकार्य भएको नाताले पनि आफुले खेल्ने भुमिका खेल्न तयार भएको बताएर बागलुङबासीलाई थप हौसला थप्ने काम गरेको थियो ।
साच्चै विदेशमा काम गर्नेलाई लाहुरे भनेर नकारात्मक टिप्पणी गर्नेहरू पनि बागलुङ महोत्सवमा प्रमुख अतिथिको तर्फबाट उनले दिएको अभिव्यक्ति पछि भने नाजवाफ भएका छन् । हुन त अहिले भट्टले गरेको भाषण दमदार नभएको भनेर अहिले केही बुद्धिजीवीले टिप्पणी गर्न शुरू गरिसकेका छन् । हुन पनि एनआरएन का अध्यक्षसंग जादुको छरि त अवश्य पनि छैन होला उनले त लगानीको वातावरण बनाउने अनि लगानी कर्तालाई जिल्ला समन्वय गराउने भुमिका पनि प्रमुख हो जस्तो लाग्छ ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन समारोहमा दिएको अभिव्यक्तीलाई सुन्दा जिल्लाको सदरमुकामदेखि पञ्चकोटसम्म पुग्ने केबुल कार भकुण्डेमा केबुलकार राख्ने योजना भएको यसको लागि लगानी कर्ता गैर आबासिय नेपालीहरू हुन सक्ने त्यो वातावरण अब त्यो संस्थाले निभाउनु पर्ने धारणा राख्नु बागलुङका सांसद देवेन्द्र पौडेल डाक्टर सुर्य पाठक इन्द्रलाल सापकोटाले दिनु भएको अभिब्यक्ति लाई सुन्दा विकास प्रति सकारात्मक धारणाको राख्नेहरू आर्थिक कुरालाई बुझ्न सक्नेहरू ले भने निकै राम्रो मानेको देखियो ।
साच्चै बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बागलुङ जिल्लाको समग्र विकासका लागि सरोकार राख्ने सबै पक्ष एकजुट हुन नसकेसम्म केही पनि नहुने बताए । मध्य पहाडी लोक मार्ग कालिगडण्की कोरिडोर पोखरा बागलुङ राजमार्ग हुदै चीनको कोरला नाका संचालन गर्न सके बागलुङ जिल्लाका मान्छेको जिवनस्तर माथि पु¥याउन कठिन नहुने धारणाबाट पनि बागलुङ जिल्लाको राम्रो संभावना भएको देखिन्छ ।
अहिले भएको मेला महोत्सवले जिल्लामा आर्थिक वातावरण बनाउने काम गर्ने कारणले पनि यसको महत्व अझै भएको स्पष्ट भएको छ । साच्चै बागलुङको लागि अहिले कुरा भन्दा पनि काम गर्ने मान्छेको आवश्यकता छ । मध्य पहाडी लोकमार्ग कालिगण्डकी कोरिडोर प्रवेशसंगै अहिले हामीलाई आर्थिक रूपले आत्मानिर्भर बनाउने अर्थतन्त्रको बाटो नै बनाउन जरुरी छ ।
नुन देखि सुनसम्म सबै विदेशबाट आयात गर्ने हामीले के कुरामा जिल्ला लाई कसरी स्वावलम्वी बनाउने भन्ने सोच बनाउन जरुरी छ । बागलुङ जिल्लामा पर्यटन भित्र्याउन धेरै सजिलो छ । दैनिक हजारौं हैन लाखौं पर्यटक भित्र्याउन सक्ने पूर्वाधार भनेको अहिले तत्काल कालिका भगवती मन्दिर र सर्ब सिद्धधाम पन्चकोट नै हो कालिका भगवती मन्दिरको लागि अहिले थोरै मात्रै व्यवस्थापन राम्रो गरे पुग्छ तर पञ्चकोटलाई अलिकति ध्यान लगाएर हामी सबै सरोकार राख्नेहरूले सोच्ने हो भने बागलुङमा पर्यटन भित्र्याउन कुनै समस्या हुने देखिदैन ।
अहिले बागलुङ उद्योग वाणिज्य संघले निराश भएका बागलुङ बासिलाइ पुस महिनाको जाडोमा थोरै भए पनि उत्साह थप्ने काम गरेको छ प्रमुख अतिथि बनेका भट्टले आफुले सक्ने क्षेत्रमा लगानी गरेर बागलुङलाई अगाडि लैजान सहयोग गर्ने प्रतिबद्धता जनाउनु र जिल्लाबाट निर्वाचित भएका सांसदहरु समेत सरकारी निजि र बाह्इ लगानी भित्र्याउनु पर्ने कुरामा एकमत भएको कारणले पनि अब आर्थिक रूपमा जिल्लालाई अगाडि लैजान सबै एकजुट हुने वातावरण बनेको देखिन्छ ।
हामीले सधैं नकारात्मक कुरालाई भन्दा पनि नकारात्मक कुरालाई नै सकारात्मक ढंगले उठाउने गरेपनि समस्या समाधान हुने देखिन्छ । अब जिल्लामा लगानीको क्षेत्र पहिचान गरेर लगानी गर्ने युवाहरू लाई यहीँ रोजगारी दिने वातावरण बनाउने योजनामा लाग्न सकेमात्र बागलुङ महोत्सव सफल भएको मानिने छ ।

































































































































































































