७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौले ग¥यो बालबालिकालाई स्वीटर वितरण

विद्यामन्दिर माध्यमिक विद्यालयले बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौका बागलुङेहरुलाई बागलुङ महोत्सव अवलोकान गर्न आएको अवसरमा शुक्रबार एक कार्यक्रम गरि स्वागत गरेको छ । स्वागत कार्यक्रममा विद्यालय निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, पूर्वा राज्यमन्त्री ओमकार गौचनको प्रमुख आतिथ्ता, बागलुङसमाज कल्याण केन्द्र काठमाडौका अध्यक्ष सुमन शाक्य लगाएतको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौले विद्यामन्दिर माविमा अध्ययन गर्ने ७० जना बालबालिकाहरुलाई जाडो छेक्नका लागि न्यानो स्वीटर वितरण गरेको हो । कार्यक्रम कै अवसरमा बागलुङ समाज कल्याण केन्द्रकि मन्दिरा श्रेष्ठले फरक क्षेमता भएकी छात्रा गीता मल्लका लागि १ वर्ष भरीको विद्यालयमा लाग्ने शुल्क १७ हजार ५ सयको चेक र विद्यालयमा विद्याथीहरुले शुद्ध सफा पानी पिउन ट्याङ्की ल्याउनका लागि १ लाखको चेक विद्यालयलाई हस्तान्तरण गरेकि हुन ।

त्यस्तै विद्यालयका लागि किस्मतमणि श्रेष्ठले ५५ हजार ५ सय ५५ र बागलुङ समाज कल्याण केन्द्रकि सचिव रस्मी श्रेष्ठले विद्यालयको पोसाकको लागि १० हजार दिएकी हुन । कार्यक्रममा विद्यालयका प्रअ जगन्नाथ आचार्यले विद्यालयको आर्थिक भौतिक अवस्थाको बारे जानकारी गराउँदै विद्यालयलाई सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, बागलुङसमाज कल्याण केन्द्र काठमाडौका अध्यक्ष सुमन शाक्य लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन पमितिका अध्यक्ष सुवास राजभण्डारीको स्वागत र शिक्षक डिल्लीराज गौतमको संचालनमा समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung