बागलुङ लोकदोहोरीको उर्वर भुमीको रुपमा परिचित छ । जिल्लाले धेरै सर्जक तथा श्रष्ठाहरु जन्मायो । यस जिल्लाबाट सांगितीक यात्रा तय गरेका धेरै कलाकारहरु अहिले चर्चाको शिखरमा छन । यसै क्रममा गलकोट नगरपालिका–११ रिघामा जन्मिएकी चेली हुन जुना श्रीस । कणप्रिय आवाजकी धनी श्रीसका थुप्रै गीतहरु बजारमा आईसकेका छन ।
आम श्रोता तथा दर्शकको मन जित्न सफल गायिका श्रीसको नयाँ सालैजो गीत ‘बिना सालैजो’ सार्वजनिक भएको छ । जुना श्रीसको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायक बसन्त थापा र जुना श्रीसको सुमधुर आवाज रहेको छ । मौलिक लयमा आधारित उक्त गीतलाई अर्थपूर्ण बनाउन गीतको भिडियो बागलुङको गलकोट नगरपालिका–११ रिघामा छायाङ्कन गरिएको थियो ।
गीतमा जिन्दगीका पुराना सम्झनाहरुलाई माया प्रेमसँग जोडि तयार पारिएको छ । गायिका जुना श्रीसले आफ्नो विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनमा आफु आशावादी रहेको बताईन । जुना श्रीसको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा गोविन्द पुन मगरले म्युजिक भिडियो निर्देशन गरेका छन । 
गीतमा करुणा पुन र सोनम काउचाले अभिनय गरेका छन भनें गीतको भिडियो छायाङकन तथा सम्पादन दानबहादुर श्रीसले गरेका छन ।
हेर्नुहोस भिडियो
















































































































































































