३ श्रावण २०८३, आईतवार

 

महाशिलामा राष्ट्रिय वाणिज्य बैंक

पर्वतको महाशिला गाउँपालिकामा बैंकको पहुँच पुगेको छ । अहिलेसम्म कुनै पनि बैंक नरहेको महाशिलामा राष्ट्रिय वाणिज्य बैंकको शाखा संचालनमा ल्याइएको छ । महाशिला गाउँपालिका–५ लुँखुमा वाणिज्य बैंकको शाखा सञ्चालन गरिएको हो । पर्वत क्षेत्र नम्बर २ का प्रदेश सांसद विकास लम्सालले मंगलवार शाखाको उद्घाटन गरे । बैंकको शाखा उद्घाटन पश्चात बोल्दै सांसद लम्सालले अबमुलुकको आर्थिक समृद्धिको बाटो खुल्ने बताए । उनले द्धन्दमा विस्थापित भएका बंैकहरु अब स्थपितहुँदै जाने दाबी गरेका छन् ।

बैंकको पहुँच गाउँ–गाउँमा पुगेमा गाउँका जनताले राहात पाउने उनले बताए । गाउँपालिकामा बैंक नहुँदा सदरमुकामकै भर पर्नुपर्ने अवस्था थियो । सरकारी कामकाजदेखि स्थानीयले अन्य कारोबारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको थियो । महाशिलाका गाउपालिकाका ६ वटा वडाका वासिन्दाले बैंकको शाखाखोले पछि राहातको महसुस गरेका छन् ।

बैंकले स्थानीयतहको सञ्चित कोष खाता वाणिज्य बैंकमा रहने र यसको विद्युतीय सूचना महालेखा नियन्त्रण कार्यालयमा हुने व्यवस्था मिलाएको छ । उत्पादनशील क्षेत्रमा प्रवाह हुने पुनःकर्जाको सुविधालाई प्रभावकारी बनाई कृषि क्षेत्रमा सहुलियत दरमा प्रदा नगर्ने कर्जाको प्रक्रियालाई सरल बनाई किसानको पहुँच वृद्धि गरिने भएको छ ।

यस्तै बिमाको विस्तार, पुँजी बजारको विकास र स्थायीत्वका लागि नीतिगत तथा संस्थागत व्यवस्था गरिने बजेटमा उल्लेख छ । त्यसैगरी राज्यकोषबाट हुने तलब भत्ता लगायत सबै सरकारी भुक्तानी बैंक खाताबाटै गरिने र अन्तराष्ट्रिय व्यापारको भुक्तानी इपेमेन्टका माध्यमबाट गरिने व्यवस्थागरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung