
कालिका भगवती मन्दिरमा लाग्ने चैत दशैँ मेलामा हाल सम्मकै सर्वाधिक पुरस्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ । आगामी चैतेदशैँको अवसरमा आयोजना गरिने कालिका कप भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार राखिएको छ भने द्धितीय पुरस्कार रु १ लाख र तृतिय पुरस्कार रु ५० हजार राखिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
यसैगरी १ जना सर्वोकृष्ट खेलाडी तथा अनुशासित १ टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र ९ देखि १३ गतेसम्म कालिका मन्दिर परिसरमा संचालन हुने मेलाको संयोजन कालिका भगवती गुठी व्यवस्थापन समितिले गरेको छ ।
गुठीले विगत वर्षहरुदेखि नै चैत्राष्टमी मेलाको व्यवस्थापन गर्दै आएको छ । चैत्र ९ देखि १३ गतेसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।