नयाँ विश्व डटकम पत्रिकाले सरकारी विद्यालयका विपन्न विद्यार्थीहरूको लागि कपडा, जुत्ता, लगाएत स्टेशनरी सामानहरू र नगद रकम संकलन गरिरहेको छ । यसै सिलसिलामा बिहीबार बागलुङ बजारको लालिगुराँस चोकको लेडिज एण्ड जेन्स कर्नरकी प्रोपराइटर तारा पन्तले नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई ५ हजार बराबरको फेन्सी कपडा हस्तान्तरण गरेकी छिन् ।
विपन्न बालबालिकाहरुको उज्जवल भविष्यको लागि सहयोग रकम संकलन गरिरहेको छ । यस अघि पनि बागलुङ महोत्सवको अवसरमा स्टल राखेर आर्थिक संकलन गरेको थियो । उक्त रकमबाट कपडा तथा स्टेशनरी किनेर बालबालिकालाई वितरण गरि सकिएको छ ।



















































































































































































































