२८ बैशाख २०८१, शुक्रबार

 

‘सिगानालाई सुन्तला गाउँ घोषणा गर्ने तयारी छ’– जि.सी

स्थानीय तहको निर्वाचन भए पश्चात स्थानीय गाउ“गाउ“मा सामान्य प्रकारबाट भए पनि विकासको सुरुवात हुन थालेको छ । जनताले अपेक्ष गरे अनुसार काम नभएको गुनासो समेत आउन थालिरहेको बेला बागलुङ नगरपालिकाका–८ सिगानामा भने विकासका सकरात्मक सुचकहरु देखिन थालेका छन् । वडा अध्यक्षमा निर्वाचित भई हालसम्म गरेका कार्य प्रगती तथा भावी योजनाहरुका बारेमा वडा अध्यक्ष राजन जि.सीसँग पत्रकार सुवास गौतमले गरेको कुराकानी ।

– निर्वाचित भएर यहाँसम्म आइपुग्दा बागलुङ नगरपालिका वडा नम्बर ८ ले ग¥यो भन्न लाएक कामहरु के–के छन् ?

मुलत निर्वाचित भएको ९ महिनासम्म वडा कार्यालय मार्फत हुने नियिमित कामकाज बाहेक थुपैखाले काम भएका छन् । जस मध्ये मुख्य मुख्य काम भनेको सिगानामा मोटरवाटोको स्तरोन्नती, साना तथा धरेलु उद्योगहरुलाई करको दायरामा ल्याउने तथा सिगाना सुन्तलाको पकेट क्षेत्र भएको कारण सुन्तलाको जोन निर्माण गर्नको लागि काम भएको छ । सिगानामा महिलाहरुको ससक्तिकरण कनको लागि क्षमता विकास कार्यक्रम, खानेपानी व्यवस्थापनका लागि मुहानको सर्वेक्षण जस्ता थुर्पै खाले काम हरु भएका छन् ।

– जननिर्वाचित प्रतिनिधिहरु निर्वाचित भएर आउदापनि जनताको अपेक्षाअनुसारको काम भएन भन्ने गुनासो छ नी ?

गुनासो छ नभएको होइन मुलुक संघियतामा जा“दा र लामो समय पछि स्थानीय निकाएको निर्वाचन हुदा जनताका अपेक्षाहरु धेरै छन् । यी सबैकाुराको व्यवस्थापन गर्न जरुरी हुन्छ जसमा भौतीक पूर्वाधारदेखि अन्य थूपै व्यवस्थापन गर्नु पर्ने भएका कारण केही ढिला काम शुरु भएका मैले पनि महसुस गरेको छ । यद्यपी थूपै राम्रा कामहरुको शुरुवात भएका छन् यसलाई अन्तिम रुप दिदा जनताले गुनासो गर्ने ठाउ“ रहदैन जस्तो मलाई लाग्दछ । तर स्थानीय सरकार सञ्चालनमा कानुनी जटिलता तथा शुरुको अनुभव भएको हु“दा केही काममा अफ्ठ्याराहरु पनि नभएका होइनन् ।

–बागलुङ नगरपालिकाको वडा नं. ८ लाई कस्तो वडा बनाउने लक्ष्य राख्नु भएको छ ?

म निर्वाचित भएर आईसकेपछि सिगानाको विकासको मोडेल कस्तो हुने भनेर मोटामोटी तयार पारेको छु । जसमा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा स्वास्थ्यमा सुधार ल्याउने, नगरवस सञ्चालन गर्ने तथा सुन्तलाको क्षेत्रमा जिल्लामै पहिलो बनाउने र सिगानाको उपल्लो भेगमा चिया खेती विस्तार गरी कृषि उपजको गाउ“को रुपमा चिनाउने लक्ष्य राखिएको छ ।

–बागलुङ नगरपालिकाका धेरै ठाउ“मा नगरवस सञ्चालनमा आएका छन् तर सिगाना किन पछाडी परेको ?

हो नगर बस सञ्चालनको प्रमुख आवश्यकता देखिन्छ तर सिगाना भिरालो ठाउ“मा साना घुम्टी भएका कारण नगरवस सञ्चभालनमा ढिला भएको छ तर त्यसका लागि बागलुङ बजार देखिकै बाटोको स्तर उन्नती गर्नु पर्ने र वडा नम्मर ३ सँग सहकार्य गरी आगडि बढीरहेका छौँ भने सडकलाई चौडा बनाउने काम भएको खण्डमा नगर बस सञ्चालनको लागि गाह्रो हुने छैन । म गर्वका साथ भन्न सक्छु आगामी बैशाख पहिलो हप्तादेखि नगर बस सञ्चालनमा आउने छ । यसबाट स्थानीय जनताहरुले महड्डो भाडा तिरेर यात्रा गर्ने छैन ।

– सिगानामा खानेपानीको समस्या बढी सुनिने गर्छनी यसका लागि के गर्दैहुनुहुन्छ ?

सिगानाको लामिचौरको दलित बस्तीमा खानेपानीको चरम अभाव रहेको छ । यसका लागि नगरपालिका बाट १८ लाख बजेट विनियोजन समेत भएको छ भने स्थानीय स्तरबाट २ लाख गरी २० लाखको लागतमा खानेपानीको व्यवस्था गर्ने गरी काम अगाडी बढाइरहेका छौं भने हल्दारथरदेखि साठीहुँदै नौमुरेमा पानी आयोजना निर्माणको लागि पनि काम अगाडि बढेको छ । यी खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै खानेपानीको समस्या पूर्ण रुपमा हटेर जानेछ ।
–त्यस वडामा रहेका दलित वर्गहरुलाई लक्षित गरी केही योजना निर्माण गर्नु भएको छ ?
दलितलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने हम्रो उदेश्य हो तर नगरपालिका मार्फत पर्यप्त बजेट आउन नसकेको हो तर पनि हाम्रो पहलमा सिटि भिटिबाट ३ महिने कृषि तालिम दिने योजना निर्माण गरेका छौ भने दलित बस्तीमा ढल निकास व्यवस्थित नभएको हु“दा त्यसलाई व्यवस्थित गराउनको लागि नालि निर्माणको काम भइरहेको समेत जानकारी गराउन चाहान्छु ।

– अहिलेको अवस्थामा समाजमा महिलाहरुको उत्तिकै भूमिका रहन्छ तर महिलाहरुलाई चेतनाको लागि के गर्ने योजना छ ?

महिलाहरुलाई अहिलेको समाज विकासमा अगाडि बढाउन आवश्यकता छ । त्यसका साथ साथै अहिले स्थानीय स्तरमा पनि वडा सदस्यहरु महिलाहरु पनि निर्वाचित भएको अवस्था छ । यसले पनि महिलाहरुमा सकरात्मक सन्देश दिएको छ । हामिले हालै मात्र महिलाहरुको क्षमता विकास तथा उत्पादनमुखी बनाउनको लागि ३ दिने तालिम समेत प्रदान गरिसकेका छौं । यस्ता खाले कार्यक्रमहरु हामीले वर्षेन गर्ने हो भने महिलाहरुको पनि यस समाजमा योगदान हुन सक्नेमा म आशावादी छु ।

–शिक्षा क्षेत्रको विकास र चुनौती कस्तो छ ?

शिक्षामा चुनौती छ तर अहिलेका विद्यालयहरु प्रयोगात्मक हुना सकेका छैनन् यद्यपी विद्यालयमा कम्प्यूटर शिक्षा, लाइब्रेरी स्थापानालाई व्यवस्थीत गर्नेगरी अगाडी बढिरहेका छौं । तर शिक्षा क्षेत्रका अन्य काम गर्नका लागि बजेट अभाव भएको छ । शिक्षा क्षेत्रको बजेट शिक्षकहरुको तलब भत्ता मै सकिएको कारण सोचे जस्तो गर्न नपाइने हो की भन्ने छ । तर आगामी दिनमा बजेट आएको खण्डमा शिक्षा क्षेत्रको सुधारमा लाग्ने छु ।

– तपाइले सिगानाको विकासका लागि भावि योजनाहरु के–के छन् ?

महिले अबको ५ वर्षमा साच्चैनै सिगानाको मुहार फेर्नै छु । सिगानाका बासिन्दाले गुनासो गर्ने ठाउँ नै दिने छैन । वडा कार्यलयसम्म तार सहितको इन्टरनेटको सुविधा, उद्योग धन्दाहरुलाई चाहिने आवश्यक विद्युतको व्यवस्था गर्ने, आगामी २ वर्ष भित्र काठेपोल विस्थापन गर्ने धार्मिक क्षेत्रको विकास गर्ने, आधारभूत स्वास्थ्य सेवा गाउ“वाटै प्रदान गर्ने, स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर स्थापना गर्ने,साना तथा घरेलु उद्योगलाई प्रबद्धन गर्ने योजनाहरु छन् ।

–पर्यटनको पनि संभावना भएको गाउ“मध्येको एक सिगानामा पर्यटन भित्¥याउन तपाईको पहल कस्तो हुन्छ ?

सिगाना विशेष गरी धार्मिक पर्यटनको संभावना बोकेको गाउँ हो । सिगानामा ऐतिहासिक राने भुमेको मन्दिर लगाएत थुपै खाले मन्दिर, कोत घर, गाजा दह जाने सडक सञ्जाल तथा सुन्तला बगैचाको अध्ययन अवलोकन गर्न आउने व्यवस्था मिलाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्