७ जेष्ठ २०८१, सोमबार

 

अब नेपालमै हुन्डाई गाडी एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेपालमा स्थापित ब्रान्ड हुन्डाईले नेपालमै एसेम्बर प्लान्ट स्थापना गरेको छ ।

दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा एसेम्बल प्लान्ट स्थापना भएको हो ।

नवलपरासीमा रहेको एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

एसेम्बल प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए ।

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास दाहालले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्