२५ असार २०८२, बुधबार

 

बिहुँमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता

- “दुर्गम ठाउँमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता हुनु गौरवको कुरा”

प्रदेश नम्बर ४ का सांसद मणिभद्र कँडेलले बिहुँ जस्तो दुर्गम ठाउँमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता हुनु गौरवको कुरा भएको बताए । उनले बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आयोजना गरेको प्रथम प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिताको उद्घाटनमा बोल्दै यस्तो बताएका उन् । उनले खेलकुदले आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउनुको साथै राष्ट्रलाई विश्वमा चिनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले फरक प्रसंगमा बोल्दै बिहुँ वर्षतको समयमा हिलाम्मे र हिउँदको समयमा दुलाम्मे हुँदा यस क्षेत्रका स्थानीयलाई नकरात्मक असर परिरहेको बताए । उनले यसको अन्त्य गर्न आफु लागि पर्ने र सम्पूर्ण ४ नम्बर प्रदेशको विकासको लागि आफु लागि रहने बताए । त्यस्तै काठेखोला गाउँपालिकाका प्रमुख अमर थापाले बिहुँमा खेलकुदका लागि उपयुक्त खेल मैदान नभएको अवस्थामा प्रदेश नम्बर ४ स्तरी कराँते प्रतियोगिताले आफुलाई खेलकुदको विकासका लागि लाग्न प्रेरणा मिलेको बताए ।

उनले काठेखोला गाउँपालिकाको प्रत्यक वडाहरुमा खेल्नको लागि उपयुक्त खेल मैनाद निर्माणमा लाग्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महा संघ बागलुङको भवन निर्माणका निम्ती बिहुँ खेलकुद तथा समाज विकास केन्द्रले ५ हजार ५ रुपैया संघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको छ । खेलाडीहरुले कार्यक्रमको बिच बिचमा काँटा प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महा संघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ४ नम्बर प्रदेशका ९ जिल्लाबाट २ सय ५० खेलाडी, २२ जना रेफ्रि र १४ जना कोचको उपस्थिती रहेको छ । आईतबारदेखि सुरु भएको कार्यक्रम मंगलबार समापन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेलको अध्यक्षता, काठेखोला गाउँपालिका–५ का अध्यक्ष शिवप्रसाद कँडेलको स्वागत र बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका सचिव सन्तोस पुनको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung