८ कार्तिक २०८३, शनिबार

 

जनवादी गाएक शर्माद्धारा त्रिभुवन माविको लागी २५ हजार सहयोग

जनवादी गायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभुवन माविको लागि नगद २५ हजार सहयोग गरेका थिए । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गायक शर्माले सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा गित गाउन पुग्नुभएका गायक शर्माले विद्यालयलाई गुल्मी कै नमुना गराउन र व्यावसायीक शिक्षा सुरु गर्ने उद्धेश्य पुरा गर्न भन्दै नगद हस्तान्तरण गरेका थिए ।

सर्वहारा जनताको पक्षमा गित गाउने शर्माले कुर्घाको भुवाचिदि वजारमा रहेको विद्यालयलाई सहयोग हस्तान्तरण गर्दा स्थानिय सहयोगदाता समेत उत्साहित वनेका थिए । विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानियलाई थप सहयोगको लागी प्रेरित गरेको बताए । यसै विच गायक शर्मालाई विद्यालयको तर्फवाट मुसिकोट नगरपालिका का उपप्रमुख कमला शर्मा लगाएतले सम्मान गरेका थिए ।६ दिन सम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह मंगलवार सकिएको छ ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन् । “गुणस्तरीय प्राविधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिवद्धता” भन्ने नारासहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा १ करोड ९५ लाख संकलन भएको छ । आज भएको समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम वहादुर थापाले प्रतिवेदन पेश गर्दै कार्यक्रममा सहयोग गर्दै सबै प्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् । वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय शैक्षिक संगसंगै खेलकुद तथा अन्य विद्यामा समेत उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung