नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बागलुङ शाखाको पदस्थापन कार्यक्रम सम्पनन भएको छ । । हालै भएको दोस्रो अधिवेसन बाट चयन नयाँ कार्यसमितिको आईतबार पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष संगम घर्तीमगरले व्यवसायिक पत्रकारिताको मर्यादालाई कायम राख्दै सवै समुदायको उत्थानका लागि क्रियाशिल रहने वताए । कार्यक्रममा फोनिजका निबर्तमान अध्यक्ष तथा पत्रकार महासंघका अध्यक्ष दिल श्रीष ,सचिव राम थापा , पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महेशचन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य श्याम कुमार थापा र संचालन निबर्तमान कोषाध्यक्ष बिजय रानाले गरेका थिए ।
अधिवेशनले संगम घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा प्रकाश छन्त्याल, सचिव लिला थापा, सहसचिव डम्बर बुढा, कोषाध्यक्ष तनमति रोका चयन भएका थिए । त्यस्तै सदस्यहरुमा छवि थापा र जीवन थापालाई प्रमाण पत्र प्रदान गर्दै पदस्थापना ग्रहण गरिएको हो ।













































































































































































































