२० जेष्ठ २०८३, बुधबार

 

९९ वर्षीयको पौडीमा ‘नयाँ कीर्तिमान’

एक जना ९९ वर्षीय अस्ट्रेलियाली पौडीबाजले आफ्नो उमेर समूहको ५० मिटर फ्रीस्टाइलमा नयाँ विश्व कीर्तिमान राखेको जस्तो देखिएको छ।

जर्ज करोनिसले क्वीन्स्ल्यान्डमा भएको एउटा कार्यक्रममा ५० मिटरको दूरी ५६.१२ सेकन्डमा पूरा गरेका हुन् जुन १००-१०४ वर्षको समूहमा नयाँ कीर्तिमान हो।

उनले सन् २०१४ मा कायम भएको कीर्तिमानलाई ३५ सेकन्डले भङ्ग गरेका हुन्।

खेलकुद हेर्ने निकायले यसलाई पुष्टि गर्न भने बाँकी नै छ।

करोनिस आउँदो अप्रिलमा १०० वर्ष लाग्ने हुँदा यो नयाँ कीर्तिमानका लागि योग्य मानिन्छन्।

उत्साह

यो नतिजाबाट आफू “अति उत्साहित’ भएको उनको भनाइ छ।

“यो मेरा लागि उदाहरणीय पौडी थियो, एकदमै सन्तुलित थियो,” उनले बीबीसीलाई बताए।

जर्ज कोरोनेसतस्वीर कपीराइटSWIMMING AUSTRALIA

उनका अनुसार आफूले उक्त कीर्तिमान राख्दा बुधवार गोल्ड कोस्टमा ठूलो आवाज निकालिराखेको भिड देखेर उनी भावुक भएका थिए।

पुरानो कीर्तिमानलाई चुनौती दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो र त्यसमा उनको मात्रै सहभागिता थियो।

व्यायाम

ब्रिस्बेनमा बस्ने करोनिसलाई सानो उमेरदेखि नै पौडी मन पर्थ्यो। उनले ८० वर्षको उमेरमा फेरि पौडी खेल्न थाले।

उनले दोस्रो विश्वयुद्ध सुरु हुँदा पौडी खेल्न छोडेका थिए। तर पछि शारीरिक अभ्यासका लागि वृद्धावस्थामा पौडी खेल्न थाले।

उनी हप्तामा तिन चोटि पौडिन्छन् र व्यायामशाला पनि जान्छन्।

“यो उमेरमा सक्रिय रहन केही समय लाग्छ … तपाईँ सजिलै थाक्न सक्नुहुन्छ। तर विचार पुर्‍याएर गर्ने हो भने यसले राम्रो पुरस्कार दिन्छ,” उनले भने।

उनले आफ्नो सफलताको श्रेय गति र शैलीलाई दिए।

शनिवार राति फेरि उनले १०० मिटर फ्रीस्टाइलको कीर्तिमानलाई चुनौती दिनेछन्। विद्यमान ०३:२३.१० को कीर्तिमानलाई भङ्ग गर्न सक्ने उनको विश्वास छ।

“म कुनै पनि हिसाबले तरुनो मान्छे हैन। तर म यसका लागि तयार छु र राम्रो गर्नसक्छु भन्नेमा विश्वस्त छु।”बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung