
गलकोट नगरपालिका ७ मल्मको पर्यटकिय स्थल राम्चे ढुङगालाई पर्यटकिय स्थलको रुपमा विकास गर्न पुर्वाधार निर्माण कार्य सुरु भएको छ ।
आर्थिक वर्ष २०७४र७५ को गलकोट नगरबाट पर्यटन केन्द्रको लागि विनियोजित बजेट रु १० लाख ५० हजार अन्तरगत पिकनिक स्पोर्ट र सडक निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । अहिले सार्वजनिक सौचालय र भवन तथा मञ्च निर्माण कार्य चलिरहेको राम्चे ढुङगा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए । पर्यटकिय स्थल घुम्टेको काखमा अवस्थित राम्चे ढुङगाबाट गलकोट क्षेत्र सॅगै विभिन्न मनोरम हिम श्रृङखला अवलोकन गर्न सकिन्छ ।
राम्चे ढुङगामा हिउदको समयमा वनभोज खानको लागि विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन । मल्म पाण्डवखानी सडकको छेउमा रहेको उक्त स्थानमा अहिले सडक जोडिएको छ भनें खानेपानीको उचित व्यवस्था समेत रहेको छ ।