साच्चै नेपाली उखान त्यसै बनेको हैन १२ बर्ष पछि बगिरहेको खोला पनि फर्किन्छ भने झै अहिले बागलुङको बलेवा विमान स्थलमा २६ बर्ष पछि खोला पुनः फर्किएको छ यतिबेला । बागलुङ नगरपालिकाले हवाई सेवा संचालन गर्न लाग्ने खर्च बागलुङ आउनको लागि सहज बाताबरण बनाई दिएपछि अहिले नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले हप्तामा
एक एक उडान गर्न राजि भए पछि बागलुङ बलेवामा हवाई सेवा पुनः शुरूवात भएको हो ।अहिले एकपटक फेरि बागलुङ बासिमा खुशीको लहर छाएको छ हवाई सेवा उपयोग गर्न पोखरा सम्म धाउनुपर्ने बाध्यताको पनि अहिले अन्त भएको छ ।
अहिले सातामा दुई फ्लाइट हवाई सेवा शुरू गरिएको छ यसलाई सकारात्मक कदमको रूपमा लिन जरुरी छ ।अहिले मात्रै शुरूवात हो अब बागलुङ देखि बलेवा सम्म पुग्ने सडक मार्गलाई नै सुधार गर्न जरुरी छ । हुनत बागलुङ सदरमुकाम देखि बलेवा सम्म पुग्ने दुईवटा सडक मार्ग छन्
पुरानो कुश्मीशेरा सडक जुन केही किलोमिटर मात्रै कालोपत्रे भएको छ अर्को कालिगण्डकी कोरिडोर जुन नेपाली सेनाले सडक ट्रायक खोलेको छ बलेवा सम्म जान दुईवटा सडक प्रयोग गर्न सकिन्छ तर सहज भने कालिगण्डकी कोरिडोर नै देखिन्छ जुन सडक छोटो पनि पर्छ । अहिले बागलुङ बासिको हवाई जहाज चढ्ने इच्छा भने पूरा भएको छ आफ्नो घर आँगन बाट सहजै हवाई जहाज चढ्न पाउनु खुशीको कुरा हो जैमनी नगरपालिका र बागलुङ नगरपालिका अनि पर्बत जिल्लाको कुश्मा नगरपालिकाका आम जनतालाई सहज बाताबरण भएको छ तर अहिले गुनासो भनेको चाहिँ बलेवा सम्म पुग्ने सडक कालोपत्रे अनि अहिले तोकिएको भाडा दर कै कुरा हो जसलाई मिलाउन जरुरी देखिन्छ ।
बागलुङका जनताले कुटो कोदालो गैचि बेल्चा खनेर बनाएको बलेवा एअरपोर्टको छुट्टै इतिहास र पहिचान छ अहिले त्यो हिजोको कुरा गर्दाखेरी एकादेशको कथा जस्तो लाग्छ तर इतिहास भनेको इतिहास नै हो त्यसलाई कसैले पनि भुल्नु हुदैन भन्ने लाग्छ ।
अहिले जस्तो प्रबिधि त्यतिबेला थिएन जुन समयमा बागलुङका जनताले आफ्नो मेहनत रगत पसिना बगाएको बलेवा एअरपोर्ट २६ बर्ष सम्म अलपत्र पर्दाखेरी साच्चै हिजो मेहनत गर्नेका मनत दुखेको थियो तर अहिले घटना क्रम फेरिएको छ
एकपटक फेरि बागलुङ बासिमा खुशीको लहर छाएको छ यसलाई अब भने कायम राख्न सक्नुपर्छ ।
बागलुङ नगरपालिकाले एउटा जोखिम उठाउने काम गरेको छ जसलाई सबैले चुनौती र अबसरको रूपमा लिन जरुरी छ
अहिले देशमा रास्ट्रबादी सरकार बनिसकेको छ सरकार प्रमुखमा केपी ओलि छन् बागलुङ जिल्ला बाट मात्र १५ जना माननीय सांसदहरू छन् बलेवा क्षेत्र बाट मात्रै प्रभाव शालि नेता तथा सांसद दिनानाथ शर्मा देबेन्द्र पौडेल डाक्टर सुर्य पाठक छन् जसको पहुँच पनि ठुलै छ भन्ने कुरा सबैलाई थाहा नै छ अब आफ्नो क्षेत्रको बिकासको लागि जिल्लाको बिकास को लागि भने अब केही गरेर देखाउने बेला आएको छ ।
सरकारले जनताको लागि राहत दिने कुरा धेरै पटक गरेको सुनिन्छ तर ब्यबहारिक रूपमा भने त्यो भएको देखिदैन बागलुङ प्रदेश नम्बर ४ को राम्रो पर्यटकीय गन्तव्य पनि हो अहिले पोखरामा अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भइरहेको अबस्था छ
पोखरा पछि बागलुङ राम्रो प्रदेश नम्बर ४ कै केन्द्र पनि भएको कारणले पनि यसलाई जसरी हुन्छ ब्यबस्थित गर्न जरुरी छ ।
अहिले जुन जोखिम नगरपालिकाले उठाउन तयार भयो अहिले यसलाई साथ दिन बागलुङका यातायात ब्यबसायी तयार भए यसलाई राम्रो एकता मान्नुपर्छ ।अहिले बल्ल आफ्नो ठाउँको बिकासको लागि सबै एकजुट नभएसम्म केही हुदैन भन्ने कुरा पनि प्रमाणित भएको छ ।
२०४८ सालमा बागलुङ बासिको यातायातको एकमात्र गन्तव्य हवाई सेवा नै थियो जुन बागलुङमा पोखरा बाट सडक संजाल जोडिएपछी बन्द हुन पुगेको हवाई मैदानमा यात्रु अभावको कारण थप्प बन्न पुगेको थियो ।पछि फेरि बागलुङको हवाई मैदान लाई पुन प्रयोगमा ल्याउन धेरै प्रयास नगरिएको हैन तर त्यो सफल भएको थिएन कारण सडक संजाल हवाई सेवा कम्पनी लाई यात्रुको ग्यारेन्टी नभएको कारणले नै हो रहेछ भन्ने कुरा अहिले स्पष्ट भएको छ ।देशभर स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपछि भने केही कुरा सहज भएको महसुस जनताले गर्न थालेका छन् ।
बागलुङ जिल्लामा एउटा मात्रै हैन दुईवटा बिमानस्थल छन् जसमध्ये दुईवटा नै बन्द रहेको छ बागलुङ नगरपालिकामा रहेको बलेवा बिमानस्थल र ढोरपाटन नगरपालिकामा रहेको ढोरपाटन विमान स्थल हो जसमध्ये पहिलो प्राथमिकतामा भने बागलुङको बलेवा परेकोछ जुन स्वागतयोग्य छ ।
यहि चैत्र २१गतेबाट काठमाडौं देखि कर्णाली प्रदेशको राजधानी सुर्खेत सम्म सिधा हवाई उडान गर्ने ब्यबस्था मिलाएको छ।पर्यटन मन्त्रालयमा हिजो, नागरिक उडड्य प्राधिकरण, बिभिन्न एरलाइन्स र मन्त्रालयका पदाधिकारीहरु बीच छलफल भएको थियो।यो व्यवस्थासगै कर्णाली प्रदेशको हवाई मागको सम्बोधन हुनेछ।अहिले सरकारले बिस्तारैकामको गतिविधि अगाडि बढाएको देखिन्छ अहिले नेपालमा दर्जनौं बायुसेवा कम्पनी छन् सरकारले तिनिहरू लाई पहाडी जिल्लामा अनिवार्य सेवा दिनुपर्ने बाध्यता पनि बनाउन जरुरी छ ।जति धेरै जिल्लामा एअरपोर्ट संचालन गर्न सक्यो त्यति धेरै पर्यटन भित्र्याउन सजिलो हुनेछ ।कोही बिरामी भए उपचार गर्न काठमाडौ पुग्न हवाई सेवाले धेरै सहजता पुर्याउने नै देखिन्छ ।
अहिले देशमा पर्यटन मन्त्रीमा रबिन्द्र अधिकारी आएका छन् एकजना कुशल युवा नेतृत्व पनि हुन साच्चै बागलुङको बारेमा देशको अन्य क्षेत्रको हवाई मैदान संचालन के कसरी गर्नुपर्ने हो त्यो कुरा समेत जानकार छन् यो पनि हामीहरूको लागि सकारात्मक पक्ष हो अहिले भएको भाडा दर एअरपोर्ट कालोपत्रे गर्ने लगायतका काम अगाडि बढाउने प्रक्रियामा पनि लाग्न जरुरी छ ।
अहिले तारा एयरलाइन्सले तोकेको भाडा दर महंगो भएको भन्ने जन गुनासो आइरहेको छ यसलाई पनि कसरी सम्बोधन गर्नुपर्ने हो गर्न जरुरी देखिन्छ ।
अहिले बागलुङ बासिमा जुन उत्साह देखिएको छ यसलाई कायम राख्न बागलुङ उद्योग बाणिज्य संघ होटल ब्यबसायी संघ निर्माण ब्यबसायी संघ पत्रकार महासंघ जिल्लाका राजनीति दल नागरिक समाज यातायात ब्यबसायी देखि सबै सरोकार राख्नेहरूले यसलाई जसरी भए पनि सफल बनाउन जरुरी देखिन्छ ।अहिले हामीले खाली नकारात्मक कुरामात्र गरेर हामी सफल हुन सक्दैनौं ।सकारात्मक सोचको बिकास गर्न जरुरी छ अहिले दुई चार सय भाडा महंगो भए पनि आफ्नै जिल्ला बाट हवाई जहाज चढ्ने गरौ कतिपय मिलाउनु पर्ने कुरा भाडा समायोजनका कुरालाई पनि मिलाउदै गरौ हामीलाई इतिहासले फेरि एकपटक मौका दिएको छ यसलाई सदुपयोग गरौ ।
अहिले जस लिने होडबाजी तिर नलागौ यसमा सफल हुन आआफ्नो भुमिका महत्त्वपूर्ण छ ।प्रमुख कुरा काम गरेर देखाउने हो हामीले हिजोका दिनमा धेरै गफ गरेउ अब ५ बर्ष काम गरेर देखाए जिल्लाको बिकास हुन्छ ।अहिले चलिरहेको हवाई सेवा लाई निरन्तरता दिने कुरामा सबैले पहल गरौ ।


















































































































































































































